विन डिजलका कारण दीपका र रणवीरको प्रेम खतरामा

ENGLISH

ENTERTAINMENT

विन डिजलका कारण दीपका र रणवीरको प्रेम खतरामा

26 February, 2017 | Bhawana Pathak | 740 Views | comments

हलिउड अभिनेता विन डिजलसँग दीपिका नजिकिएसँगै रणवीर उनीसँग रुष्ट भएको चर्चा केही समययता चल्दै आएको थियो । यही कारणले रणवीर र दीपिकाको ब्रेकअप नै हुन पुगेको चर्चा भारतीय मिडियामा गर्माएको छ ।

ranveer-deepika-story

दीपिकाले आफ्नो पहिलो हलिउड फिल्म एक्सएक्सएक्स रिटर्न अफ जेन्डर केजमा हलिउड स्टार विन डीजलको जोडी भएर काम गरेकी थिइन् । सो फिल्मको प्रमोसनका लागि उनले डिजललाई भारतमै ल्याइन् । यही क्रममा यी दुईबीच अफेयर सुरु भएको हल्ला चलेको थियो । एउटा अन्तरवार्तामा त दीपिकाले डिजलको बच्चाको आमा बन्ने चाहनासम्म व्यक्त गर्न भ्याएकी थिइन् ।

डिजलसँग दीपिकाको बढ्दो सामिप्यताकै कारणले रणवीर उनीसँग टाढिएको समाचार छ । हालै अभिनेता शाहिद कपूरको प्री बर्थडे पार्टीमा दीपिका र रणवीर दुवै पुगेका थिए, तर अलगअलग । उनीहरु अलग-अलग पार्टीमा आए र अलग-अलग निस्किए । उनीहरुबीच सामान्य औपचारिकता बाहेक कुनै अतिरिक्त निकटता देखिएन ।

हालै एउटा टेलिभिजन कार्यक्रममा दीपिकालाई रणवीरसँगको ब्रेकअपका विषयमा प्रश्न सोधिएको थियो । सो प्रश्नमा उनले प्रष्ट जवाफ दिइनन् । उनले गोलमटोलरुपमा भनिन्, ‘तपाईं नै भन्नुस म के जवाफ दिउँ । तपाईं जे भन्नुहुन्छ म त्यही स्वीकार्छु ।’दीपिकाको यस्तो जवाफबाट पनि झल्किन्छ कि ब्रेकअपको हल्ला पूर्णरुपमा निराधार होइन । फेरि लामै समयदेखि उनीहरु एकैसाथ देखिएका पनि छैनन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

‘हुर्रे’को ‘पशुपति’ बोलको गीत सार्वजनिक

फागुन २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘हुर्रे’...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK