विद्रोहको आरोपमा समातिएका १६ सय भन्दा बढी सैनिक मुक्त

ENGLISH

WORLD

विद्रोहको आरोपमा समातिएका १६ सय भन्दा बढी सैनिक मुक्त

28 July, 2016 | Bhawana Pathak | 825 Views | comments

टर्कीमा १६ सय ८४ जना सैनिक सदस्य बुधबार मुक्त भएका छन् । ती सैनिक सदस्यहरु गत जुलाई १५ मा भएको असफल सैनिक विद्रोहमा सहभागी भएको आरोप पक्राउ परेका थिए ।

sanik ku

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान सरकारले यही जुलाई १५ मा भएको असफल सैनिक विद्रोहमा फेतुल्लाह आतङ्ककारी सङ्गठन (फेटो) का आठ हजार ६५१ सैनिक अधिकारीले सहभागिता रहेको यस अघि नै जनाएको थियो ।
सो सङ्ख्या टर्कीमा रहेका सेनाको १.५ प्रतिशत भएको पनि सरकारी तथ्याङ्कले जानकारी दिएको छ ।

बुधबार नै एक कार्यक्रममा बोल्दै टर्कीका सैनिक जनरल स्टाफ प्रमुख उलुसी अकारले टर्कीको सेनामा फेतुल्लाहवादी आठ हजार ६५१ सैनिक रहेका र उनीहरूले असफल कु को प्रयास गरेको दावी गर्नु भएको थियो ।

अमेरिकामा स्वघोषित निर्वासनमा रहेका टर्कीका धार्मिक नेता फेतुल्लाह गुयनसँग आवद्धता भएका भन्दै टर्की सरकार सेना, पत्रकार, कर्मचारीहरुलाई पक्राउ पुर्जीको आदेश जारी गर्ने क्रम जारी राखेको छ । फतुल्लाह गुयन प्रमुख नेतृत्वमा गत जुलाई १५ मा टर्कीमा असफल सैनिक बिद्रोह भएको थियो ।

त्यसपछि टर्की सरकारले सरकारी कर्मचारी, सैनिकलगायत पत्रकारलाई समेत पनि गिरफ्तार गर्ने र जागीरबाट हटाउने क्रम जारी राखेको छ । हालसम्म यस विद्रोहमा सहभागी रहेको आरोप १३ हजार व्यक्ति पक्राउ परिसकेका छन् ।

टर्कीमा भएको असफल सैनिक विद्रोहपछि राष्ट्रियस्तरमा छानबिन गर्ने क्रममा बिद्रोहीका नाइके गुलेनसँग कुनै न कुनैरूपमा सम्बन्ध राखेको आशङ्कामा यसअघि नै सरकारी सेवामा कार्यरत ४४ हजार भन्दाबढी निजामती कर्मचारी निलम्बन परिसकेका छन् ।

गत सोमबार पनि टर्की सरकारले टर्की एयरलाइन्सका २११ कर्मचारीलाई बर्खास्त नै गरेको थियो । गुयनका प्रमुख सहयोगी हालिस हान्सि पक्राउ परिसकेका छन् । उनले दिएको बयानको आधारमा नै टर्की सरकारले पक्राउ र जागीरबाट निकाल्ने क्रम जारी राखेको बताइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK