विद्यार्थीलाई लक्षित सिड्नीमा शैक्षिक मेला आयोजना

ENGLISH

NRN GLOBAL

विद्यार्थीलाई लक्षित सिड्नीमा शैक्षिक मेला आयोजना

11 June, 2016 | Bipin Acharya | 1425 Views | comments

उच्च अध्ययन गर्न चाहने विधार्थीहरूका लागि यतिबेला अष्ट्रेलिया पहिलो मुलुकमा पर्ने गर्दछ । विधार्थीहरूका यिनै आकर्षण र उनीहरूलाई विविध कुराको जानकारी दिने उद्देश्यले अष्ट्रेलियाको राजधानी सिड्नीमा एक्सपर्ट एजुकेसन एन्ड भिषा सर्भिसेजले शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।

Expert-Education-Fair

शैक्षिक परामर्शको कार्यक्रम यही जुन २१ तारिखका दिन सिड्नीमा आयोजना गर्न लागेको एक्सपर्टका बद्री अर्यालले जानकारी दिए ।
कार्यक्रममा अस्ट्रेलियाका १४ युनिभर्सिटीहरुको सहभागिता रहने छ । एक अध्ययनका अनुसार बर्षेनी करिब तीन हजार नेपाली विद्यार्थीहरु अध्ययन गर्न अष्ट्रेलिया आउने गरेका छन् ।

सिड्नीस्थित एक्सपर्टको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एक्सपर्टका सन्जिव शर्माले भने- एकै ठाउँमा कलेज, पढाइ, छात्रवृत्ति अनि कामको अवसरबारेमा छलफल पनि हुने भएकाले यो मेला विद्यार्थीका लागि हितकर हुनेछ ।

कार्यक्रममा विश्वबिद्यायलको प्रतिनिधित्व गर्दै लाल्स स्टुर्वट कलेजका जेफरी गोस्परले ब्यावसायीक र ब्यवस्थित विश्वविद्यालयका रुपमा रहेका कारण नेपाली विद्यार्थीहरु आफ्नो लागि पहिलो रोजाइ रहेको बताए । उनले आफ्नो विश्वविद्यालयमा करिब चार सय नेपाली रहेका बताउँदै भने- उनीहरु मिहिनेती मात्र होइन, भबिष्यप्रती चिन्तित र असल पनि छन् ।

पत्रकार सम्मेलनमा टोरेन्स युनिभर्सिटीकी किम याङले आफ्नो देशभर छरिएको नेटवर्क भित्र नेपालीको सहभागिता रहने विश्वासका साथ एक्सपर्टको मेलामा सहभागी भएको बताइन् ।

उनले भनिन्- अहिलेसम्म टोरेन्समा नेपाली कमै छन् तर हामी उनीहरुको पहुँच र सहयोगका लागि यो मेलामा सहभागि बन्दैछौ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK