विदेश बसेर नेपाललाई गाली होइन लगानी गर्न मन्त्री ज्ञवालीको आग्रह

ENGLISH

NRN GLOBAL

विदेश बसेर नेपाललाई गाली होइन लगानी गर्न मन्त्री ज्ञवालीको आग्रह

विजय थापा

26 May, 2018 | Kunjar Bhattarai | 1865 Views | comments

 

 परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले विदेशमा रहेका नेपालीहरुलाई नेपालमा लगानि गर्न उचित समय आएको बताउनुभएको छ । वर्तमान सरकारले देश निर्माणको अभियानमा लागेकोले विदेशमा रहेका नेपालीले अहिले मातृभूमिमा लगानी गर्न उत्तम समय रहेको तर अबको दश बर्ष पछाडि देशमा सानो लागनिको महत्व कम हुन सक्ने मन्त्री ज्ञवालीको तर्क छ ।

टेलिभिजन कार्यक्रम यु स्टाट अगेनका लागि परराष्ट्र मन्त्रालयमा विशेष कुरा गर्दै मन्त्री ज्ञवालीले विदेशमा बसेर नेपालीहरु केहि जान्दैन भन्ने अहम पाल्नु भन्दा पनि नेपालमा के कसरी सहयोग गर्न सकिन्छ भन्ने भावना ल्याउन सबैमा आग्रह समेत गरेका छन् । सरकारले विदेशमा रहेका नेपालीहरुको भावनालाई सदैव कदर गर्ने बताउदैं मन्त्री ज्ञवालीले विदेशमा रहेका सबै नेपालीहरुले आफुलाई देशको दुत सम्झेर काम गर्न समेत आग्रह गरेका छन् । आफ्नो पालामा पहिला जस्तो सम्बन्धीत देश र क्षेत्रको ज्ञान नभएका ब्यक्तीहरु राजदुत बन्न नसक्ने बताउँदै मन्त्री ज्ञवालीले महावाणिज्य दुतावासको स्थापना र अवैतानिक दुतहरुको नियुक्तीका बारेमा पनि कार्यक्रममा खुलेर कुरा गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा अड्कीरहेको एनआरएनए बिधान, गैर आवासीय नेपालीहरुले पाउने नागरिकता सम्बन्धी कानुन, नेपालको भारत र चिनसंगको सम्बन्ध, बिदेशमा रहेका नियोगहरुले उपयुक्त तरिकाले काम गर्न नसकेको बिषय लगायतका बिषयहरुलाई कार्यक्रम यु स्टाट अगेनमा प्रश्नको रुपमा प्रस्तोता सूर्य थापाले मन्त्री ज्ञवालीलाई सोधेका छन् । कतिपय नेपालीहरु विदेशमा पुगेर नेपाल खत्तम भयो र नेपालीहरु केहि जान्दैन जस्तो भाव बोकेर गाली गरेको पनि आफुले सुन्ने गरेको बताउंदै मन्त्री ज्ञवालीले विदेशमा बसेर नेपाललाई गाली होइन लगानी गर्न आग्रह समेत गरेका छन् ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

हर्षोल्लासपूर्वक छठ मनाइँदै

शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं...

नेपाल सम्बत्

कोलोराडोमा नेपाल सम्बत् ११३९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल सम्बत् ११३९ उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आइतबार...

छक्का पञ्जा-३

‘छक्का पञ्जा-३’ ले अमेरिकामा बनायो नयाँ रेकर्ड

यति बेला नेपाली सिने नगरीमा चलचित्र ‘छक्का पञ्जा-३’ ले...

कोलोराडोमा लक्ष्मी जयन्तीसंगै साहित्यकार डा.शिलु सम्मानित

देवकोटाको जयन्तीसंगै कोलोराडोमा साहित्यकार डा. शिलु सम्मानित

कोलोराडोमा ११० औं लक्ष्मी जयन्तीको अवसरमा कवि गोष्ठीसंगै प्रवासमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK