विदेशमै मतदानको व्यवस्था गर्न एनआरएनएको माग

ENGLISH

विदेशमै मतदानको व्यवस्था गर्न एनआरएनएको माग

4 May, 2017 | arjun baral | 570 Views | comments

लामो समयदेखि मतदान अधिकारको माग गर्दैआएको गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष भवन भट्टले आफहरुलाई मतदानबाट बन्चित गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

वैशाख ३१ र जेठ ३१ गते हुने स्थानीय निकायको निर्वाचनमा मतदान गर्ने अवसर नदिएकोमा आपत्ति जनाउँदै भट्टले एक विज्ञप्ति जारी गरी आफूहरुको नोट चल्ने भोट किन नचल्ने भन्दै गम्भीर प्रश्न समेत उठाउनुभएको छ ।

भट्टको विज्ञप्ति जस्ताको तस्तै-

 

 

प्रेस बिज्ञप्ती
आबधिक निर्बाचन लोकतन्त्रको सोन्धर्य हो र आधारभुत सिद्धान्त पनि हो र निर्वाचनमा जनताले आफ्नो मतदान गर्न पाउने अधिकार नै सबैभन्दा पहिलो आधारभुत अधिकार हो । त्यो अधिकार नेपालमा पनि छ। तर, हामी नेपाली नागरिक जो बिबिधकारणबस बिदेसिएकाछौ र बैदेशिक रोजगारिको लागि आफ्नो देश भन्दा टाढा रहेका छौ, हामीले भने यो अधिकारबाट बन्चित हुनु परेको छ। देश दशक लामो द्वन्द र राजनीतिक अस्थिरतामा भएको बेला हामिहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र तहस नहस हुनबाट जोगाएको छ र अझै पनि त्यो क्रम जारी नै छ।

राष्ट्र भित्र शिपमुलक शिक्षाको अभाव रहेकोले बिदेशी भुमिमा आएर शिप र शिक्षा लिएर राष्ट्र निर्माणमा सहभागी हुन फर्किने योजनामा हामी मध्ये कैयौ छौ, तर राज्य र सरकारले हाम्रो अधिकारको बारे कती सोचेको छरु शायद छैन। घर परिवार समाज र राष्ट्रले हामीले पठाउने नोट भने खुशी खुशी स्विकार्ने तर हाम्रो भोट गर्ने अधिकारको भने चर्चा समेत गरेको देखिदैन। तसर्थ, लामो समय देखी सामाजिक सन्जालमा बहस भैरहेको यो मुद्दालाई औपचारिक रुपमा अझै गम्भिर रुपले बहस गर्ने उदेश्यले “नोट चल्ने भोट नचल्ने”अभियान सुरु गर्दैछौ।
“नोट चल्ने भोट नचल्ने”अभियानको क्रममा हामीले सामाजिक सन्जालमा बहस, राष्ट्रिय संचार माध्यमामा छलफल र बिदेशमा रहेको नेपालीहरु बिच चर्चा गरेर भविस्यमा हुने निर्वाचनमा नेपालीहरुले बिदेश बाटै मतदान कसरी गर्न सकिन्छ भन्ने सम्भावनामा पनि छलफल र अध्ययन गर्ने कार्यक्रम रहेको छ। यो अभियान केवल गुनासो गर्ने मात्र हैन नेपालीको आधारअभुत अधिकारको सम्मानको लागि एक पहल हो। आसन्न निर्वाचन को तयारीमा रहेको सरकार, राज्य ब्यबस्था, राजनीतिक दल र नेपाली समाजलाई यो “नोट चल्ने भोट नचल्ने” अभियान बाट हामी हाम्रो देश नेपालको भविस्य प्रती कती सरोकार राख्दछौ र आफ्नो संलग्नताको लागि कती आतुर छौ भन्ने कुराको सन्देश दिन खोजेकाछौ।
धन्यबाद।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

सोनाम लामा

एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम...

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK