विदेशमा यातना भोग्दै बिस्मिता

ENGLISH

NRN GLOBAL

विदेशमा यातना भोग्दै बिस्मिता

जनप्रतिनिधि नै मानव तस्करीमा

12 September, 2017 | Sandeep Bhattarai | 1095 Views | comments

कुवेत

मेचीनगरकी एक निर्वाचित जनप्रतिनिधिले गैरकानूनी माध्यमबाट कुवेत पठाएकी २४ वर्षीया बिस्मिता दर्जी विदेशमा घरेलु हिंसाको शिकार भएकी छन् ।

कुवेतमा दिनहुँ चर्को शारीरिक यातना भोग्न बाध्य हुनुपरेको भन्दै उनले जीवनरक्षाका लागि तत्काल स्वदेश फर्काइदिन हारगुहार गरेकी छन् ।मेचीनगर–९ घर भएकी बिस्मितालाई मानव तस्करीको गिरोहले काठमाडौँबाट दिल्ली हुँदै सेटिङमा कुवेत पुर्याएको थियो ।

गाउँकै मीना कामीले बिस्मितालाई राम्रो काम र दाम पाइने भनी लोभ देखाएर कुवेत पठाएकी हुन् । मीना हाल मेचीनगर–९ की निर्वाचित वडा सदस्य हुन् । उनी नेपाली काँग्रेसबाट वडाको महिला सदस्यमा निर्वाचित भएकी हुन् ।

मानव तस्करीमा संलग्न दलालहरुले एक रुपैयाँ पनि नलिई कुबेत पु¥याएर बिस्मितालाई घरेलु कामदारका रुपमा बेचेका हुन् कि भन्ने आशंका उब्जिएको छ ।

नौ महिनाअघि कुबेत पु¥याइएकी बिस्मिताले हाल लगातार परिवारका सदस्य र जनप्रतिनिधि मीना कामीलाई फोन गरेर कुबेतबाट छिटो उद्धार गरी घर फर्काइदिन अनुरोध गरिरहेकी छन् ।

कुबेतमा बन्दी जस्तै अवस्थामा रहेकी बिस्मिता दर्जीको उद्धार गरी पाऊँ भनी उनका बुबा राजकुमार दर्जीले मेचीनगर नगरपालिकामा आइतबार निवेदनसमेत दिनुभएको छ ।

रासससँगको टेलिफोन कुराकानीमा बिस्मिताले आफूले कैयन दिनदेखि खान नपाएको र घर मालिकले चरम शारीरिक तथा मानसिक यातना दिइरहेको पीडा रुँदैरुँदै सुनाएकी छन् ।

“तत्काल उद्धार भएन भने मलाई बाँच्न दिँदैनन्”, कुबेतमा दर्दनाक पीडा भोगिरहेकी बिस्मिताले भनेकी छन्, “सबै लागेर मलाई उद्धार गरिदिनुप¥यो, मलाई बचाइदिनुहोस् ।”

आफ्नी छोरीको उद्धारका लागि आग्रह गर्दा नगरपालिकाकी निर्वाचित वडा सदस्य मीना कामीले परिवारसँग रु एक लाख ५० हजार उल्टै मागेको उनका बुबा राजकुमारले बताउनुभयो ।

उहाँले न्यायका लागि नगरपालिकामा निवेदन दिएको बताउनुभयो । “रु एकलाख ५० हजार देऊ, कि तीनजना विदेश पठाउने महिला खोजिदेऊ, अन्यथा मबाट केही हुँदैन, जे गर्नुछ गर भन्नुभयो मीना बहिनीले”, राजकुमारले भन्नुभयो, “त्यही भएर न्यायका लागि निवेदन दिएको हुँ ।”

बिस्मिताका पति नरेन्द्र दासले तत्काल बिस्मिताको उद्धार गरिदिन सञ्चार माध्यममार्फत सरकार, स्थानीय प्रशासन, सरोकारवाला र स्थानीय निकायसँग अपिल गर्नुभएको छ ।

बिस्मिताका पति दासले पत्नीमाथि चरम शारीरिक र मानसिक यातना भएको बताउँदै भन्नुभयो, “उनको ज्यान जोखिममा छ, उद्धारका लागि सहयोग गरिदिनुस् ।”

उहाँले जनप्रतिनिधि जस्तो मान्छेबाट यसरी ठगिनु दुःखद भएको बताउँदै भन्नुभयो, “तत्काल अपराधीलाई कारबाही र पीडितलाई न्याय होस् ।”

मानव बेचबिखनसम्बन्धी आरोप लागेकी मीना कामीले बिस्मिताको परिवारका सदस्यले आफूसँग रिहाइका लागि भन्न नआएको दाबी गरिन् । उनले आफूले बिस्मितालाई गैरकानूनीरुपमा कुबेत पठाएको स्वीकार गर्दै भनिन्, “उनले यातना पाएको कुरा झुठा हो, मसँग उनको कुरा भइरहेको छ ।”

मीनाले कुवेत पठाउँदा खर्च भएको रु एक लाख ७५ हजार नतिरेको हुँदा त्यही रकममात्र आफूले मागेको बताइन् । उनले जाँदा लागेको पैसा तिरे बिस्मितालाई दशैँपछि फिर्ता ल्याइदिने बताएकी छन् ।

“भन्नेबित्तिकै ल्याउन सक्दिन”, रासससँग मीना भन्छिन्, “म राष्ट्रपति होइन, जतिखेर भन्यो त्यतिखेर ल्याउन सक्ने ।” उनले आफूलाई थुनेर बिस्मितालाई ल्याउन सकिन्छ भने थुने पनि फरक नपर्ने उनले बताइन् ।

अधिवक्ता दीपेन्द्र भट्टराईले गैरकानूनी बाटो प्रयोग गरेर वैदेशिक रोजगारमा पठाउनेलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा लाग्ने बताउनुभयो ।

अधिवक्ता भट्टराईले यस्ता प्रवृत्तिका मुद्दा प्रहरी कार्यालयमा दर्ता हुने बताउनुभयो । उहाँले बेचबिखन गरेकै ठहरिए पीडकलाई २० वर्षको जेल सजाय र क्षतिपूर्तिसमेत कानूनमा व्यवस्था भएको बताउनुभयो । चन्द्रकला भण्डारी, रासस

कुवेत पुगेकी डोल्मा पाँच वर्षदेखि सम्पर्कविहीन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK