विदेशमा मृत्यु र अंगभंग भएकाको छोराछोरीले पाउने छात्रवृत्तिको संख्या ह्वात्तै बढ्यो

ENGLISH

विदेशमा मृत्यु र अंगभंग भएकाको छोराछोरीले पाउने छात्रवृत्तिको संख्या ह्वात्तै बढ्यो

11 May, 2017 | arjun baral | 690 Views | comments

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा चालु शैक्षिक सत्रको अहिलेसम्म छात्रवृत्तिका लागि ५ सय ५ वटा आवेदन परेका छन् ।

गएको शैक्षिक सत्रमा ६२ वटा मात्रै आवेदन परेकामा यो वर्ष आवेदन दिनेको संख्या बढेको हो । करार अवधिभित्रै विदेशमा ज्यान गुमाएका र मृत्यु सरह मानिएको अंगभंग भएकाको कक्षा १२ सम्म पढ्ने छोराछोरीले बोर्डको कल्याणकारी कोषबाट छात्रवृत्ति पाउँछन् ।

छात्रवृत्तिका लागि आवेदन आउने क्रम अझै जारी छ । बोर्डले गएको माघ, फागुन र चैत महिनामा तीन पटक विज्ञापन गरेर छात्रवृत्तिका लागि आवेदन माग गरेको थियो । गएको चैत मसान्तभित्र विद्यालयमा आवेदन दिएकाहरुले यस वर्षदेखि छात्रवृत्ति वापत आर्थिक सहायता पाउने छन् ।

‘२८ जिल्लाबाट आवेदन आएका छन् । चैत मसान्तसम्म छात्रवृत्तिका लागि आवेदन दिएर अहिलेसम्म बोर्डमा आइ नपुगेकालाई स्वीकार गर्ने निर्णय भएको छ’ बोर्डका सहायक निर्देशक नानीराम थापाले भन्नुभयो ‘अहिले आएका जत्ति नै आवेदन बाटोमै रहेको हामीले अनुमान गरेका छौं ।’

यो वर्ष देखि निजी विद्यालयमा पढ्ने विद्यार्थीले पनि छात्रवृत्ति पाउने भए पछि आवेदन दिनेको संख्या बढेको सहायक निर्देशक थापाले बताउनुभयो । अघिल्लो शैक्षिक सत्रसम्म सरकारी विद्यालयमा पढ्ने विद्यार्थीले मात्रै छात्रवृत्ति पाउँथे ।

बोर्डले एक जना विद्यार्थीलाई आठ हजार देखि १२ हजार रुपैयाँसम्म छात्रवृत्तिका लागि आर्थिक सहायता उपलब्ध गराउँछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK