विदेशबाट लास मगाइदिन निवेदन

ENGLISH

विदेशबाट लास मगाइदिन निवेदन

29 July, 2016 | arjun baral | 3055 Views | comments

नेपालीलाई उद्धार परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा असारमा मात्र २३ लास विदेशबाट मगाइदिन निवेदन परेको छ । तीमध्ये सबैभन्दा बढी साउदी अरेबियाको रियादबाट ११ लास ल्याइदिन आफन्तले निवेदन दिएका छन् ।

‘निवेदन पर्नासाथ सम्बन्धित मुलुकका हाम्रा दूतावासमा स्क्यानिङ गरेर पठाइदिन्छौँ, त्यहा“बाटै सबै प्रक्रिया अघि बढ्छ,’ विभागका महानिर्देशक गणेश ढकालले भने ।

उनका अनुसार मृतकको विस्तृत विवरणका आधारमा नियोगले सम्बन्धित कम्पनी वा मृतकको ठेगानामा सम्पर्क गरेर शव ल्याउने प्रक्रिया सुरु गर्छ ।

परराष्ट्र मन्त्रालयको कन्सुलर विभागको तथ्यांकअनुसार असारमा २३ शव ल्याइदिन निवेदन परेको छ । रियादबाट ११, मलेसियाबाट पाँच, दक्षिण कोरिया, कतारअबुधाबीबाट दुई–दुई र कुवेतबाट एउटा शव ल्याइदिन निवेदन परेको हो । विभागले सम्बन्धित मुलुकका दूतावाससँग समन्वय गर्छ ।

विभागका महानिर्देशक गणेश ढकालले भने, ‘हामीले सहजीकरण गरिदिने हो । जीवित वा मृतक नआउन्जेलसम्म सम्बन्धित परिवारका सदस्यहरू आउनुहुन्छ, काम भइसकेपछि आउनुहुन्न ।’ कतिपयको मृत्युबारे ढिलो थाहा हुन्छ ।

खाडी मुलुकमा अलपत्र परेका ६६ नेपालीलाई उद्धार गरिदिन विभागमा निवेदन परेको छ । उनीहरूलाई ल्याउन विभागमार्फत सम्बन्धित दूतावासमा निवेदनसमेत पुगेको छ । सहज अवस्थामा रहेकालाई ल्याउन धेरै गाह्रो नभएको विभागले जनाएको छ ।आजको नयाँ पत्रिका दैनिक बाट

यो पनि हेर्नुहोस्:-यमनमा अलपत्र अवस्थामा रहेका नेपालीलाई उद्धार गर्न युवासंघद्वारा सरकारलाई ध्यानाकर्षण

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK