विजया दशमी शुभकामना साँझका लागि नेपाली कलाकार लन्डनमा

ENGLISH

NRN GLOBAL

विजया दशमी शुभकामना साँझका लागि नेपाली कलाकार लन्डनमा

15 September, 2017 | Sandeep Bhattarai | 1300 Views | comments

लन्डन

संगीतकार कालिप्रसाद बाँस्कोटा, गायक हेमन्त राना र ‘हट एन्ड बोल्ड’ कलाकार सुषमा कार्की लन्डन आइपुगेका छन् ।

सिद्धार्थ एवं नेप्लिज इन्टरटेन्मेन्ट ग्रुपले गर्न लागेको विजया दशमी शुभकामना साँझका लागि कलाकार बेलायत आएका हुन् । बेलायत पहिलो भ्रमण भएकाले तीनै जना कलाकार खुबै उत्साहित छन् ।

हिथ्रो टर्मिनल फोरमा उत्रिँदा कलाकारलाई आयोजकहरू सिद्धार्थविक्रम क्षेत्री एवं नेप्लिज इन्टरटेन्मेन्ट ग्रुपका वीरेन खड्का, अनिल मल्ल, दीपक खड्का, अनिल आचार्यलगायतले स्वागत गरे । ‘नीरा जहिले रिसाउने…’, ‘पारि त्यो डाँडामा हेर…’, ‘लैजाऊ घुमाउन मलाई ठमेल बजार…’ जस्ता हिट गीतका सर्जक संगीतकार तथा नेपाल आइडलका निर्णायक बाँस्कोटा, ‘सुन साइली साइली परदेशबाट…’ गीतका गायक राना अनि ‘हट एन्ड बोल्ड’ मोडल कार्की सहभागी दसैं शुभकामना साँझ मनोरञ्जनको भिन्न प्याकेज भएको आयोजकले दाबी गरेका छन् ।

तीनै जनाले यही शुक्रबार साँझ अल्डरटस्थित एम्पायर हलमा, १७ सेप्टेम्बरका दिन लन्डन साउथ हयारोको हयारो बरो फुटबल क्लब, २३ सेप्टेम्बरमा रेडिङस्थित किन्की कोला, २४ सेप्टेम्बरमा आसफोर्ड नोर्टन न्याचबुल स्कुल हल एवं १ अक्टोबरमा गेटवे हाउस उलविच लन्डनमा प्रस्तुति दिने तय भइसकेको छ ।

कान्तिपुरबाट

लन्डनमा ९ औं नेपाली मेला सम्पन्न 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK