विकास समितिका सभापति अधिकारीेद्वारा पुलको शिलान्यास

ENGLISH

विकास समितिका सभापति अधिकारीेद्वारा पुलको शिलान्यास

दुई जिल्ला जोड्न लगभग सात करोडको लागतमा मोटरेवल पुल

12 January, 2017 | Ramji Lamsal | 1445 Views | comments

सभापति अधिकारी पुल शिलान्यासमा

राम्जी लमसाल, पोखरा – कास्की र स्याङजा जिल्लालाई जोडने चिसापानी ,सिगारेबास, टक्सार सडकमा पर्ने सुरौदी खोलामा छ करोड ९० लाखको लागतमा ६२ मिटर लम्बाईको आधुनिक मोटरेवल पुल निर्माण हुने भएको छ ।

नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्रलायको आर्थिक एवम् सडक डिभिजन कार्यालय पोखराको प्राविधिक सहयोगमा निर्माण गरिने सो पुल दुई बर्षको अवधिमा सम्पन्न गरिने लक्ष्य रहेकोछ ।

व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले आज यहाँ आयोजित एक समारोहका बिच सो पुलको शिलान्यास गर्दै मुलुकको विकास निर्माण सबै एक जुट भएर लाग्नु पर्ने बताउनु भयो ।

मुलुकमा प्राविधिक जनशक्तिको अभावमा विकास निर्माणका काम अनुगमनलाई प्रभावकारी हुन नसकेको बताउँदै उहाँले थप दरवन्दी वा कन्ट्याक लिने वा सुविधा दिएर मौजुदा जनशक्तिलाई परिचालन गर्ने बिषयमा छलफल भईरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार रणनैतिक महत्वमा परेको चिसापानी सिगारेवास टक्सार ग्रामीण सडकलाई ३० करोडको लागतमा ७.५ मिटर चौढाई डवलल्याण्डको बनाउने कार्य प्रररम्भ गरिएको छ ।

पोखरा १७ र २३ निर्मलपोखरीलाई जोडने दोविल्लास्थित पार्दीखोलाको पुलको मर्मत र खोलाले कटान गरेको जोखिममा रहेको दोविल्लाको बस्ति संरक्षणको लागि दुई करोड ५० लाख बजेट बिनियोजन भईसकेको उहाँले बताउनु भयो ।

सांसद राजु थापाले कास्की, स्याङजा र तनहुँ जिल्लाको विकास निर्माण र यस क्षेत्रका बासिन्दाको समृद्धिका लागि पुल कोसेढुंगा सावित हुने बताउँदै सुरौदी खोला कोरिडोरको अवधारणलाई अगाडि वढाउन पहल भई रहेको जानकारी दिनुभयो ।

डिभिजन सडक कार्यालयका प्रमुख इन्जिनियर प्रकाश खत्रीले खोलाको बीच भागमा एउटा पिल्लर रहने आधुनिक पुर्वबलीत सो पुलबाट दोहोरो यातायातका साधन आवतजावत गर्न सुविधान पुग्ने जानकारी दिनुभयो ।

भगवती चौतारा दुलेडौडा थपिनीचौतारा ग्रामीण सडक उपभोक्ता समितिका अध्यक्ष मानकाजी गुरुङको अध्यतामा भएको कार्यक्रममा भरतपोखरी गाविस र टक्सार गाविसका पूर्वअध्यक्ष्। यज्ञप्रसाद अधिकारी र कमान सिंह गुरुङ, समाजसेवी कृष्ण बहादुर गुरुङ निर्माण कम्पनिको तर्फबाट बल बहादुर राना लगायतले बोल्नु भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK