विकास निर्माणमा जुटे भोजपुरका युवा

ENGLISH

विकास निर्माणमा जुटे भोजपुरका युवा

16 May, 2017 | Bhawana Pathak | 640 Views | comments

भोजपुर बैंक रोडका युवा विकास निर्माणमा जुटेका छन् । भोजपुर नगरपालिका–७ स्थित बजार तथा कार्यालयबाट निस्केको ढल व्यवस्थापनका लागि सेफ्टीट्याङ्की निर्माणमा स्थानीय युवा एकजुट भएका हुन् ।

“आफ्नो ठाउँको लागि आफैँले नगरे कसैले गर्दैन, त्यसैले हामी युवा नै लागि परेका हौँ” स्थानीय युवा पङ्कज श्रेष्ठले भन्नुभयो ।

जिल्ला समन्वय समितिको रु पाँच लाख बजेट र स्थानीयको २० प्रतिशत सहयोगमा उक्त ट्याङ्की निर्माण गर्न लागिएको बैंक रोड ढल सुधार समितिका अध्यक्ष चन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

ट्याङ्की निर्माणका लागि २०७० सालमा समितिले नगरपालिकामै दुई आना जग्गा रु तीन लाखमा खरिद गरेको थियोे । बजार क्षेत्रका ४२ घर, जनसेवा आधारभूत विद्यालय र अधिकांश कार्यालयको लागि समेत ढल व्यवस्थापनमा टेवा पुग्ने स्थानीयवासीको भनाइ छ ।

घरहरु बाक्लो र थोरै जग्गा भएकाले निकासको समस्याका कारण ढल व्यवस्थित नहुँदा प्रदूषण बढिरहेको थियो, अब त्यस्तो समस्या नहुने स्थानीय तथा समिति सदस्य सञ्जीव श्रेष्ठले बताउनुभयो । ढल व्यवस्थापन भएपछि वर्षौंदेखि खुल्ला दिसामुक्त बन्न नसकेको सदरमुकाम खुल्ला दिसामुक्त जिल्ला घोषणा हुने भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पुनः एसिया प्यासिफिकको स‌ंयोजक बन्ने थापाको इच्छा

गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक क्षेत्रिय संयोजक पदमा...

एनआरएन अध्यक्षमा भट्टको सम्भावना बलियो बन्दै

अशोक मैनाली – सौल विश्वभरी छरिएका नेपालीहरुको साझा संस्था...

खाडीका नेपाली दूतावासहरुले मनाए संविधान दिवस

खाडी मुलुकमा रहेका नेपाली दूतावासहरुले संविधान दिवस मनाएका छन्...

फिनाले आज

को बन्ला नेपालको पहिलो ‘नेपाल आइडल’ ? फिनाले आज

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको नेपाल आइडलले ८ महिना...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK