वाशिंगटनमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

वाशिंगटनमा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न

20 June, 2016 | Bipin Acharya | 675 Views | comments

वाशिंगटन डिसीमा नेपाली दूतावास तथा नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपाल पर्यटन प्रवर्द्धन सम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय नेपाली समुदाय र स्वदेशी तथा विदेशी अतिथिहरुको उपस्थिति थियो ।

Nepal-Destination-Promotion-Program-1

कार्यक्रमको सुरुवातमा कलाकार यज्ञमान शाक्यले बज्रपानी नृत्य प्रस्तुत गर्दै अतिथिहरुलाई स्वागत गरेका थिए ।

अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुनकुमार कार्कीले नेपालका सबै अतिथिलाई स्वागत गरेका थिए । उनले पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रममा गत वर्षको भूकम्पबाट नेपालले भोगेको पीडा र अमेरिकाबासीले गरेको सहयोगको चर्चा गरेका थिए ।

राजदूत कार्कीले नेपाल सुरक्षित गन्तव्य रहेको भन्दै सबैलाई नेपाल भ्रमण गर्न आग्रह गरे । नेपाल बुद्धको देश र नेपाल हेर्नैपर्ने देश भएकाले अतिथिहरुलाई कार्यक्रमको रुपरेखा बनाउन आग्रह गरेका थिए । साथै नेपालको पर्यटनलाई बजारीकरण गर्ने उद्देश्यले नेपालको श्रब्य दृश्य देखाइएको थियो ।

Nepal-Destination-Promotion-Programकार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डेयन सचिव तथा नेपाल पर्यटन बोर्डका सभापति प्रेमकुमार राई वाशिंगटन डिसी आएका थिए । उनले नेपालका पर्यटकीय क्षेत्रबारे चर्चा गरेका थिए । भूकम्पको समयमा विदेशी सञ्चार माध्यमले नकारात्मक समाचार समेत संप्रेषण गरेकामा दुःख व्यक्त गर्दै उनले नेपाल पूर्णसुरक्षित भएको र अहिले पुनर्निर्माणमा जुटिसकेको बताए । उनले सबै विदेशी अतिथि तथा पाहुनाहरुलाई धन्यबाद दिँदै एकपटक नेपाल भ्रमण गर्न विशेष आग्रह गरे ।

सचिव राईले नेपाली उत्पादनहरु अमेरिकामा निर्यात गर्ने अवसर दिएकामा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई धन्यवाद दिए ।

पर्यटन उपसचिव घनश्याम उपाध्यायले नेपालको वर्तमान अवस्थाबारे जानकारी दिँदै बिशेष रुपले तयार गरिएको सामाग्री प्रस्तुत गरेका थिए । नेपाल पर्यटनको लागि तयार भएको समेत जानकारी उपाध्यायले दिए ।

कार्यक्रममा स्थानीय कलाकारहरु आकृति खनाल, अनु संग्रौला तथा मनषी संग्रौलाले नृत्य प्रस्तुत गरेका थिए भने रोशन प्रताप राणाले बाँसुरीको मिठो धुन प्रस्तुत गरेका थिए ।

नेपाल पर्यटन बोर्डकी सदभावनादूत नविना बस्नेत उप्रेतीले कार्यक्रम सञ्चालित गरेकी थिइन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति...

विदेश बसेर नेपाललाई गाली होइन लगानी गर्न मन्त्री ज्ञवालीको आग्रह

   परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले विदेशमा रहेका नेपालीहरुलाई नेपालमा...

वैदेशिक रोजगार : २२ महिनामा २ अर्ब ठगी

काठमाडौँ — २०७४ चैत पहिलो साता श्रम, रोजगार तथा...

गैरआवासीय नेपालीलाई नागरिकता मिलाउन कानून निर्माण गर्नुपर्ने

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK