वहुप्रतिक्षित तिन चलचित्रलाई पछी पार्दै छक्का पञ्जाले गर्यो ७ करोडको व्यापार

ENGLISH

ENTERTAINMENT

वहुप्रतिक्षित तिन चलचित्रलाई पछी पार्दै छक्का पञ्जाले गर्यो ७ करोडको व्यापार

27 September, 2016 | Anjana Bhandari | 990 Views | comments

chhakka-panja

छक्का पञ्जा रिलिज भएको १६ दिन सम्ममा चलचित्रको व्यापारले ७ करोड नाघेको छ । सोह्र दिनको रिर्पाेट हेर्ने हो भने शनिबार सम्म मोफसलबाट ३ करोड ४० लाख १० हजार कलेक्सन गरेको गरेको छ ।

त्यस्तै राजधानीबाट ४ करोड २ लाख १३ हजार कलेक्सन गरेको जानकारी छ । सुरुवात देखिनै दर्शकको साथ पाएको छक्का पन्जाले १६ दिनसम्म देशभरिमै निरन्तर एउटै गतीमा ब्यापार गरेपछि जिल्ला र राजधानीको कलेक्सनमा खासै अन्तर नदेखिएको हो ।

नेपाली चलचित्र उधोगममा सर्वाधिक सफल भएका चलचित्र कबड्डी कबड्डी, ड्रिम्स र परदेशीको ब्यापारको रेकर्डलाई छक्का पन्जाले ११ दिनमै तोडेको थियो । चलचित्रको कोहिनुरको रेकर्डलाई तोड्न ४ करोडको अन्तर रहेको छ । चलचित्रको व्यापार अहिलेसम्म आक्रामक तरीकाले गइरहेको छ ।

अरु चलचित्रमाथी छक्का पञ्जा हावी ः

छक्का पञ्जाको कारण अरु चलचत्रिको व्यापारलाई पनि असर परेको छ । भदौ ३१ मा रिलिज भएको चलचित्र गाँठो,ड्राईभर दाई पनि सफल हुन सकेनन् । नाजिर हुसेन र नव नायिका नम्रता श्रेष्ठको डेब्यू चलचित्र गाँठो राम्रो भएर पनि सफलता पाउन सकेन ।

यस्तै भदौ ३१ मै रिलिज भएको चलचित्र ड्राईभर दाई पनि सफल हुन सकेन । त्यस्तै असोज ७ गते रिलिज भएको चलचित्र झुम्कीले पनि दर्शकको साथ पाएन ।

अहिले चलेका नायक दयाहाङ राई,रिश्मा गुरुङ,पुर्व मिस नेपाल मेलिना जोशी लगायतका कलाकारको भूमिका रहेको चलचित्र झुम्कीलाई पनि छक्का पञ्जाले असर पारेको छ । सिनेमाको यस्तो हाल देखेर रिलिज हुने तयारीमा रहेका सिनेमाहरु पनि डरका परेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK