वर्षा राउत र वर्षा शिवाकोटी सिन्धु मल्लको तीज गीतमा संगै देखिए (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

वर्षा राउत र वर्षा शिवाकोटी सिन्धु मल्लको तीज गीतमा संगै देखिए (भिडियो सहित)

9 July, 2017 | Sandeep Bhattarai | 745 Views | comments

वर्षा राउत र वर्षा शिवाकोटी

फिल्म नाई नभन्नु ल कै सेरिज मार्फत डेब्यु गरेकोले पनि हुन् सक्छ , वर्षा राउत र वर्षा शिवाकोटीको चर्चा राम्रै हुने गर्छ । यी दुईलाई लिएर विभिन्न चर्चा समेत हुने गर्छन फिल्मनगरीमा ।

यी दुईलाई केहि फिल्ममा संगै अभिनय गराउने निर्माता तथा निर्देशकको चाहना पनि थियो तर आपसी सम्बन्ध राम्रो नरहेको हल्लाकै भरमा यी दुईलाई प्रस्ताव नै भएँन ।

यसरी फिल्ममा नदेखिएको यो जोडी गीतमा भने संगै देखिएका छन् । आउँदो तीजलाई लक्षित गर्दै गायिका सिन्धु मल्लले झन्डै ५ बर्षपछी तयार पारेको गीतको भिडियोमा सञ्चारकर्मी तथा निर्देशक सुव्रत आचार्यले दुई वर्षालाई पहिलो पटकसंगै अभिनय गराएका हुन् । राजकुमार बगरको शब्द तथा सुदाम थापाको संगीत रहेको यस गीतमा आउदै गरेको तीजको चर्चा गरिएको छ । गायनमा स्थापित नाम सिन्धु मल्ललाई यस गीतले फेरी चर्चामा ल्याउने देखिन्छ ।

अहिलेको तीजैमा नाचौ छमछम बोलको यस गीतमा दुई वर्षालाई नचाउने काम भने नृत्य निर्देशक गम्भीर विष्टले गरेका छन् । तर गीतमा किन दुइ वर्षानै राखियो त ? यस जिज्ञाषामा भिडियो निर्देशक आचार्य भन्छन ’ मैले यी दुई वर्षालाई नै नजिकबाट चिनेको छु र मलाइ लग्यो पछिल्लो समय फैलिएको हल्लालाई असत्य पनि सावित गर्नु पर्छ र मैले दुई वर्षालाई नै अफर गरे ।’ चर्चा एउटा महत्वपूर्ण पाटो भएता पनि यी दुईलाई संगै देखाउने इच्छा पनि रहेको उनले बताए ।

’चर्चा त होनै साथै यी दुई वर्षाले गीतलाई न्याय गर्ने भएकोले पनि संगै अभिनय गराएको हु’ सुव्रतले गीतलाई केहि फरक बनाउने प्रयास गरेको बताए । त्यसो त संगै देखिदा दुवै वर्षा पनि निकै खुसि थिए । ’हाम्रो बीचमा केहि थिएँ तर हल्ला बढी भयो’ शिवाकोटीले भनिन ’हाम्रो सम्बन्धलाई अनुमानकै भरमा हल्लामा ल्याइयो ।’

यता राउत पनि संगै काम गर्न पाउदा निकै खुसि लागेको बताउछिन । ’हामीलाई पनि संगै काम गर्ने इच्छा थियो तर अफर आउथेन’ उनले कारण बल्ल बुझेको बताउदै भनिन ’मलाइ हामीसंगै काम गर्दा निकै खुसि लागेको छ।’ यसैगरी गायिका मल्ल पनि आफुले केहि ग्यापमा ल्याएको गीतले पहिले झैँ माया पाउनेमा विश्वस्त छिन ।

’केहि समय मैले मेरो घर गृहस्तीलाई दिए किनकी परिवारको दायित्व पनि पुरा गर्नु पर्छ नै अब फेरी बिस्तारै आफ्नै गीत लिएर आउदैछु’ गायिका मल्लले निरन्तरता दिने खुलाइन । उनले आफ्नो गीत नगएता पनि कलेक्सनमा भने गाउदै आएकी थिइन् । अघिल्ला तीजका गीत भन्दा यसलाई केहि फरक कन्सेप्टमा तयार पारिएको छ । गीतमा छायाँकन अर्जुन तिवारी र टीमको रहेको छ भने यसलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।

भिडियो –

नेपाली महिला समाज कतारको तीज कार्यक्रमको तयारी पुरा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK