वर्षमा एक करोड बराबरको अलैँचीका बिरुवा बिक्री

ENGLISH

BUSINESS

वर्षमा एक करोड बराबरको अलैँचीका बिरुवा बिक्री

2 September, 2015 | Krishna Adhikari | 1120 Views | comments

alaichiजिल्लाबाट एक वर्षमा एक करोड बराबरको अलैँचीका बिरुवा बिक्री भएको छ । जिल्लाको फिक्कलमा रहेको अलैँची विकास केन्द्र र जिल्ला कृषि विकास कार्यालय तथा अलैँची बिरुवा उत्पादक किसानले बिरुवा बिक्री गरेका हुन् ।

अलैँची विकास केन्द्रले उत्पादन गरेको बिरुवा काठमाडौँ, नुवाकोट, गोरखा, कास्की, रोल्पा, स्याङ्जा, पाँचथर, तेह्रथुम, ताप्लेजुङका साथै इलाममा समेत गरी पाँच लाख बढी उत्पादन तथा बिक्री वितरण गरिएको केन्द्रका प्रमुख पदमप्रसाद अधिकारीले जानकारी दिनुभयो । यहाँबाट सबैभन्दा बढी जिल्लाकै किसानले करिब डेढ लाख र कृषि विकास कार्यालयले ५० हजार भन्दा बढी बिरुवा खरिद गरेको छ । केन्द्रले यस वर्ष रु २७ लाख ७५ हजारको बिरुवा बिक्री गरेको अधिकारीले बताउनुभयो ।

केन्द्रले किसान र कृषि कार्यालयलाई प्रतिगोटा रु पाँचका दरले बिरुवा बिक्री गरेको हो । यसका साथै किसानले निजीस्तरबाट समेत रु ७० लाखभन्दा बढीका बिरुवा बिक्री गरेका छन् ।

जिर्मलेका याम अधिकारीले जिर्मले जातको पाँच लाख ६३ हजार, शमसेर राईले पाँच लाख ३० हजार, भोलानाथ वाइवाले डेढ लाख तथा मङ्गलबारेका नरेन्द्र सुवेदी र वेदप्रसाद राईले एक÷एक लाख अलैँची बिरुवा उत्पादन गरी बिक्री वितरण गर्नुभएको हो । किसानले निजीस्तरमा उत्पादन गरेका बिरुवा सरकारी दररेटभन्दा केही महँगो मूल्यमा बिक्री भएको छ । किसानले प्रतिगोटा रु छदेखि रु आठसम्ममा बिरुवा बिक्री गरेका हुन् ।

बिरुवाको माग धान्नै नसक्ने गरी आएको थियो तर सीमित मात्र बिरुवा भएकाले मागअनुसार बिक्री गर्न नसकिएको केन्द्र प्रमुख अधिकारीले बताउनुभयो । यस केन्द्रले मुलुकमै अलैँचीखेती विस्तारमा महत्वपूर्ण योगदान पुर्याएको को छ । यस वर्ष धेरै माग आएकाले १० लाख बिरुवा उत्पादन गर्ने लक्ष्य राखिएको छ । जिल्लामा चिवेसाइ, गोलसाई, रामसाइ, डम्बरसाइ र जिर्मले जातका बिरुवा उत्पादन गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK