वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न नेकाको चार बुँदे प्रस्ताव

ENGLISH

POLITICS

वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न नेकाको चार बुँदे प्रस्ताव

26 December, 2016 | Sandeep Bhattarai | 1250 Views | comments

वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न नेकाको चार बुँदे प्रस्ताव

व्यवस्थापिका–संसद्मा ठूलो दल नेपाली काँग्रेसले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न चार बुँदे प्रस्ताव अघि सारेको छ ।

स्थानीय निकायको निर्वाचन तत्काल घोषणा, निर्वाचनका लागि विचाराधीन विधेयक पारित, व्यवस्थापिका–संसद्को अवरुद्ध बैठक तत्काल सञ्चालन र निर्वाचन आयोगलाई पूर्णता दिनुपर्ने प्रस्ताव अघि बढाएको हो ।

पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा काँग्रेसले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको संसदीय दलका पदाधिकारी एवम् पूर्व पदाधिकारी तथा उपत्यकामा रहेका केही वरिष्ठ केन्द्रीय सदस्य सहभागी बैठकले ती चार प्रस्तावमा सहमतिका लागि सत्तासाझेदार, प्रमुख प्रतिपक्षी दलसहित अन्य दलसँगको वार्तालाई अझ कसिलो र निर्णायक बनाउने निर्णयसमेत गरेको छ ।

स्थानीय निकायको निर्वाचन नयाँ संविधान अथवा पुरानै संरचना बमोजिम गर्ने भन्ने विषयमा बैठकले स्पष्ट निर्णय गरेको छैन । बैठकपछि नेकाका महामन्त्री डा शशाङ्क कोइरालाले सञ्चारकर्मीसामु बैठकमा ती चारबुँदे प्रस्तावमा छलफल भएको बताउनुभयो ।

स्थानीय निकायको निर्वाचनसम्बन्धी विधेयकलाई पारित गर्न सत्तारुढ दलहरु प्रतिबद्ध भए आफूहरु सदन खोल्न तयार रहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्नो भनाइ सार्वजनिक गर्दै आएको छ । सरकारले व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको संविधान संशोधनको प्रस्तावविरुद्ध एमालेले आठौँपटकसम्म सदन अवरुद्ध गरिसकेको छ ।

यसैगरी निर्वाचनसित सम्बन्धित तीन विधेयक व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिमा विचाराधीन अवस्थामा छन् । अर्काेतर्फ निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र एकजनामात्र आयुक्त हुनुहुन्छ ।

महामन्त्री डा कोइरालाले भन्नुभयो – “सदन छिटोभन्दा छिटो सञ्चालन गर्नुपर्छ, सदन अवरुद्ध हुँदा सङ्क्रमणकालीन समय लम्बिदै जान्छ, यसका लागि एमालेका साथीहरु लचिलो हुनुपर्छ ।”

बैठकपछि नेकाका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक गतिरोध अन्त्यका लागि निर्वाचनमा जानुपर्छ भन्नुभयो । निर्वाचनका लागि दलहरुबीच सहमति कायम गर्न पार्टीले पहल समेत गर्ने सञ्चारकर्मीलाई उहाँले जानकारी दिनुभयो । बैठकमा पार्टीका सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री डा कोइराला लगायतका नेताको सहभागिता रहेको थियो ।

स्थानीय निकायको निर्वाचन गर्न राजनीतिक दल सहमत

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK