‘ल्होछार’ बेलायतमा भव्यरुपमा मनाइयो

ENGLISH

NRN GLOBAL

‘ल्होछार’ बेलायतमा भव्यरुपमा मनाइयो

2 January, 2017 | Sandeep Bhattarai | 895 Views | comments

ल्होछार

बेलायतका तमुहरुले आफ्नो महान पर्व ‘ल्होछार’ भव्य  समारोहबीच मनाएका छन् । तमुधिं यूकेले शनिबार रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा हजारौं सहभागीबीच १६ औं ल्होछार कार्यक्रम गरेको हो । 

तमुहरुको मौलिक उक्त महान पर्वमा गुरुङ जातिका सांस्कृतिक पहिचान झल्कने वेशभूषा र नाचगान प्रदर्शन गरियो । नेपालबाट आएका गायक गायिकाहरु मिलन अमात्य, मनोज गुरुङ, सम्झना लामिछाने, मधुसुदन थापा, बिग आइकन साजन आलेले गायन प्रस्तुत गरे भने विभिन्न तमुधिं इकाइले आफ्नो मौलिक नाच देखाएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले गुरुङ संस्कार र संस्कृतिले नेपाल र नेपालीको पहिचान अनि प्रतिष्ठा विश्वभर बढाएको धारणा राखे । उनले विविधतामा एकता नेपालको विशेषता भएको चर्चा गर्दै नेपालीहरु सयौं थुंगा फूलमा उनिएको एउटा सुन्दर माला जस्तै भएको बताए ।

प्राज्ञ एवं संस्कृतिविद डा. जगमान गुरुङले ल्होछारको महत्वमाथि प्रकाश पारे । कार्यक्रम संयोजक एवं नवनिर्वाचित तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले औपचारिक कार्यभार सम्हाल्ने क्रममा बेलायतमा तमु ल्होछार बेग्ला बेग्लै मनाइने परम्परा अन्त्य गर्दै आगामी वर्षदेखि सामूहिक ल्होछारको पहल गर्ने बताए । उनले तमुधिं यूके स्थापनाको १६ वर्ष अवधिमा संस्थाले जातीय उत्थान, कला संस्कृतिको जगेर्ना तथा सामाजिक सेवामा अहंम भूमिका निर्वाह गरेको उल्लेख गर्दै आफ्नो कार्यकालमा तमु भवनको भौतिक संरचना अझ परिवर्तन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । तमुधिं यूके निवर्तमान अध्यक्ष सूर्जे (रामचन्द्र) गुरुङले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका थिए ।

उक्त अवसरमा जिसिएसइ, ए लेभल र विश्वविद्यालय पढाइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई डा. हर्क एवं डा. चन्द्र अवार्ड तथा समाजसेवीलाई कम्युनिटी अवार्ड प्रदान गरियो । संस्थाले ल्होछारको अवसरमा फ्रेंसी पत्रिका विमोचन समेत गरेको छ ।

संस्थाले ल्होछारको अघिल्लो दिन ३० डिसेम्बरमा बीसीसी यूके गुम्बा, अल्डरसटमा धार्मिक पूजा समेत गरेको थियो । कार्यक्रममा नेपालबाट आएका विशेष अतिथीहरु घाकर रिम्पोछे, धरम गुरुहरु लगायत
हजारौं सहभागी भए ।

कान्तिपुरबाट

बेल्जियममा ‘ल्होछार’ मनाइयो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

युरोपेली च्याम्पियन्स लिगको उपाधि रियललाई

स्पेनिस क्लब रियल म्याड्रिडले लिभरपुललाई ३–१ ले पराजित गर्दै...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK