लोडसेडिङ गराउन सक्रिय गिरोह सार्वजनिक:१६ जना पक्राउ

ENGLISH

लोडसेडिङ गराउन सक्रिय गिरोह सार्वजनिक:१६ जना पक्राउ

23 January, 2017 | Krishna Adhikari | 775 Views | comments

व्यापारीसँग मिलेर लोडसेडिङ बढाउन मद्दत गरेको र बिजुलीको मिटर बिगारेर चुहावट गरेको भन्दै प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले आइतबार पक्राउ गरेकामा बालाजु प्राधिकरणका सुपरभाइजर सुमन श्रेष्ठ,पूर्व मेन्टिनेन्स तलबहादुर कार्की, विद्युत प्राधिकरण हेटौंडाका कर्मचारी महादेव प्रधान लगायत छन्। पक्राउ पर्नेमा प्राधिकरणका ९ जना बहालवाला कर्मचारी छन् भने बाँकी अवकाशप्राप्त कर्मचारी र व्यापारी छन् ।

त्यस्तै प्रहरीले बानेश्वरमा कार्यरत प्राधिकरणका कर्मचारी अच्युत खड्का, दिलबहादुर साउद, ओम ढुंगाना, श्याम बस्नेत, प्रदीप शर्मा, सुर्यबहादुर थापा, ठाकुर महर्जन, मनिज श्रेष्ठ र भगवान पाण्डेलाई पनि पक्राउ गरेको छ ।

प्रहरीले ब्यापारी कुमार लामा, तपन घोष, परवेज आलम र रमेश चुडाँललाइ पनि पक्राउ गरेको छ ।

‘लोडसेडिङलाई मलजल गर्ने र घुस लिएर उद्योगहरूलाई बिजुली दिएको थाहा पायौं,’ महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले  भने, ‘त्यही अभियोगमा उनीहरूलाई पक्राउ गरेका हौं ।’

दस वर्षदेखि मिटर बिगारेर राज्यलाई अर्बौं रकम घाटा पारेको देखिएकाले ठगी मुद्दा दायर गर्न लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूले मिटर बिगारेर उद्योगसँग प्रतिमहिना कम्तीमा २५ हजारदेखि ३ लाख रुपैयाँसम्म उठाउने गरेका थिए ।

उनीहरूले १० वर्षभन्दा बढी समयदेखि पानी कारखाना, कपास कारखाना, चक्लेट कारखाना, बिस्कुट कारखाना लगायत उद्योग र राजधानीका मिठाइ पसलको मिटर बिगारेर मासिक रूपमा रकम उठाइरहेको प्रहरीले जनाएको छ ।

हेटौंडा कार्यालयका कर्मचारी प्रधानले हेटौंडाको हटियामा सिभम् सिमेन्टको मिटर बिगारेर मासिक रूपमा रकम उठाएको आरोप छ ।

उनीहरूले गौशालामा रहेको रामेश्वरम स्विट, बेजान मिष्ठान भण्डार, जोरपाटीस्थित लिक्वेन्स वाटर कारखानामा पनि मिटर बिगारेर रकम असुली गरेको भेटिएको छ ।

यी हुन् पक्राउ परेका १६ जना आरोपित
मुख्य प्राविधिकहरू
१‍‍.नाम‍‍: सुमन श्रेष्ठ
उमेर‍‍: ५० वर्ष
ठेगाना‍‍: का‍‍.जि‍‍.का‍‍.म‍‍.न‍‍.पा‍‍.वडा नं‍‍.२८
पेशा‍‍: नेपाल विद्युत प्राधिकरण, बालाजुको सुपर भाईजर
२‍‍.नाम‍‍: टहल बहादुर कार्की
उमेर‍‍: ५६ वर्ष
ठेगाना‍‍: जि‍‍.रामेछाप, ठोसे गा‍‍.वि‍‍.स‍‍.वडा नं‍‍.९
हाल‍‍: का‍‍.जि‍‍.का‍‍.म‍‍.न‍‍.पा‍‍.वडा नं‍‍.३४
पेशा‍‍: नेपाल विद्युत प्राधिकरणको पूर्व मेन्टिनेन्स
मिटर रिडरहरू‍‍:
३‍‍.नाम‍‍: महादेव प्रधान
उमेर‍‍: ५१ वर्ष
ठेगाना‍‍: जि‍‍.सर्लाही, हरिपुर(९
हाल‍‍: जि‍‍.मकवानपुर, हटौडा
पेशा‍‍: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण, हेटौडा वितरण केन्द्र)
४‍‍.नाम‍‍: अच्युत खड्का
उमेर‍‍: ३९ वर्ष
ठेगाना‍‍: जि‍‍.सिन्धुपाल्चोक, सुनखानी गा‍‍.वि‍‍.स‍‍.वडा नं‍‍.२
हाल‍‍: का‍‍.जि‍‍.का‍‍.म‍‍.न‍‍.पा‍‍.वडा नं‍‍.३५ जडिवुटी
पेशा‍‍: ईलेक्ट्रिसियन (नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय, बानेश्वर)
५‍‍.नाम‍‍: दिल बहादुर साउद
उमेर‍‍: ५१ वर्ष
ठेगाना‍‍: जि‍‍.अछाम, भट्टाकाटिया गा‍‍.वि‍‍.स‍‍.वडा नं‍‍.५
हाल‍‍: का‍‍.जि‍‍.का‍‍.म‍‍.न‍‍.पा‍‍.वडा नं‍‍.३५ कोटेश्वर
पेशा‍‍: बरिष्ठ सहायक (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)
६‍‍.नाम‍‍: ओम ढुंगाना
उमेर‍‍: ४८ वर्ष
ठेगाना‍‍: जि‍‍.नुवाकोट, चारघरे गा‍‍.वि‍‍.स‍‍.वडा नं‍‍.३
हाल‍‍: का‍‍.जि‍‍.नागार्जुन न‍‍.पा‍‍.वडा नं‍‍.२ रानीवन
पेशा‍‍: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)
७‍‍. नाम‍‍: श्याम बस्नेत
उमेर‍‍: ५० वर्ष
ठेगाना‍‍: जि‍‍.रामेछाप, सालुपाटी गा‍‍.वि‍‍.स‍‍.वडा नं‍‍.३
हाल‍‍: का‍‍.जि‍‍.का‍‍.म‍‍.न‍‍.पा‍‍.वडा नं‍‍.३४ शंखमुल
पेशा‍‍: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)

८‍‍. नाम‍‍: प्रदिप शर्मा
उमेर‍‍: ४६ वर्ष
ठेगाना‍‍: का‍‍.जि‍‍.नागार्जुन न‍‍.पा‍‍.वडा नं‍‍.१ रानीवन
पेशा‍‍: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)
९‍‍. नाम‍‍: सूर्य बहादुर थापा
उमेर‍‍: ३९ वर्ष
ठेगाना‍‍: जि‍‍.दाङ्ग, फूलवारी गा‍‍.वि‍‍.स‍‍.वडा नं‍‍.५
हाल‍‍: जि‍‍.ललितपुर, ईमाडोल
पेशा‍‍: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण, लगनखेल)
१०‍‍.नाम‍‍: ठाकुर महर्जन
उमेर‍‍: ४४ वर्ष
ठेगाना‍‍: का‍‍.जि‍‍.का‍‍.म‍‍.न‍‍.पा‍‍.वडा नं‍‍.३४ बानेश्वर
पेशा‍‍: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)
११‍‍. नाम‍‍: मनिज श्रेष्ठ
उमेर‍‍: ४९ वर्ष
ठेगाना‍‍: का‍‍.जि‍‍.का‍‍.म‍‍.न‍‍.पा‍‍.वडा नं‍‍.१०
पेशा‍‍: मिटर रिडर (नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, रत्नपार्क काठमाण्डौ)
१२‍‍.नाम‍‍: भगवान पाण्डे
उमेर‍‍: ५४ वर्ष
ठेगाना‍‍: जि‍‍.भक्तपुर, नगरकोट न‍‍.पा‍‍.वडा नं‍‍.६
पेशा‍‍: नेपाल विद्युत प्राधिकरण, भक्तपुरको पूर्व सुपर भाईजर
उद्योग कलकारखानाका संचालकहरू‍‍:
१३‍‍. नाम‍‍: कुमार लामा
उमेर‍‍: ३२ वर्ष
ठेगाना‍‍: का‍‍.जि‍‍.गोकर्णेश्वर न‍‍.पा‍‍.वडा नं‍‍.१३
पेशा‍‍: पानी फ्याक्ट्री (मञ्जुश्री खानेपानी)
१४‍‍.नाम‍‍: तपन घोस
उमेर‍‍: ५१ वर्ष
ठेगाना‍‍: हाउडा जिल्ला उदयनारायणपुर थाना, भारत
हाल‍‍: का‍‍.जि‍‍.गौशाला
पेशा‍‍: मिठाई पसल संचालक
१५‍‍.नाम‍‍: परवेज आलम
उमेर‍‍: ४६ वर्ष
ठेगाना‍‍: मोतिहारी जिल्ला, पूर्वि चम्पारण भारत
हाल‍‍: का‍‍.जि‍‍.नक्साल
पेशा‍‍: कपास व्यापारी
१६‍‍. नाम‍‍: रमेश चुँडाल
उमेर‍‍: ३८ वर्ष
ठेगाना‍‍: जि‍‍.मोरङ, कोशिहैरचा न‍‍.पा‍‍. वडा नं‍‍.१२
हाल‍‍: का‍‍.जि‍‍.अनामनगर
पेशा‍‍: रामेश्वर मिठाई पसल संचालक

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK