लोक गायक गुरुङको उपचारका लागि यूएईमा ‘नन्दु राई सुसेली साँझ’ सम्पन्न

ENGLISH

NRN GLOBAL

लोक गायक गुरुङको उपचारका लागि यूएईमा ‘नन्दु राई सुसेली साँझ’ सम्पन्न

रामप्रसाद ढुंगेल

30 October, 2017 | Bipin Acharya | 900 Views | comments

 

मिर्गौला रोगबाट पीडित चर्चित लोकगायक पूर्ण गुरुङको उपचारका लागि युएईमा सांगीतिक कार्यक्रम भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) को आयोजनामा ‘नन्दु राई सुसेली साँझ’ कार्यक्रम २७ अक्टोबर शुक्रबार भव्यताका साथ सम्पन्न भएको हो ।

कार्यक्रमबाट एक लाख ३ हजार रुपैयाँ उपचाररत गायक गुरुङलाई सहयोग गरिने कार्यक्रम संयोजक सन्तोष पौडेलले जानकारी दिए ।

यूएईको नेपाली सांगीतिक क्षेत्रमा भर्सटायल गायकका रुपमा परिचित धनकुटाका नन्दु राईको एकल साँझ कार्यक्रमबाट प्राप्त मुनाफा आर्थिक अभावका कारण शिक्षण अस्पतालमा सहयोगको याचना गरिरहेका गायक गुरुङलाई समर्र्पित गर्ने आयोजकले बताएको छ ।

युएईको रासअल खेमामा राज्यको अल तमाम रेस्टुरेन्टमा आयोजना भएको उक्त कार्यक्रममा गायक राईले ‘सुसेली लाउने, ‘परदेशमा आइयो’, ‘आई लभ यु’ जस्ता ९ वटा लोकप्रिय गीतहरु प्रस्तुत गरेका थिए ।

संगीतका तिनै पक्ष शब्द रचना, संगीत संयोजन र गायनमा बराबर दक्षता राख्ने राई विगत आठ वर्षदेखि यहाँको सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय छन् ।

गायक राईको पछिल्लो गीत ‘आई लभ यु’ ले युट्युबमा ५ महिनाको अन्तरालमा करिब १३ लाख भ्युवर्स पाएको छ ।

यो गीतको सफलताले राईको संगीतकर्मलाई एउटा नयाँ मोड दिएको छ । उनी युएईका मञ्चहरुमा सर्वाधिक रुचाइएका गायकमध्ये एक हुन् ।

लोक, लोक पप, आधुनिक तथा गजल गायनमा सिद्धहस्त गायक राईले उक्त कार्यक्रमबाट उपचाररत गायकका लागि केही आर्थिक सहयोग पुग्ने बताएका छन् ।

कार्यक्रममा युएईमा संघर्षरत केही कलाकारहरुका प्रस्तुतिका साथमा नन्दु राईको एक सांगीतिक एल्बम सबैलाई वितरण गरिएको थियो ।

नेपाली दूतावासका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा नेपाली सोसियल क्लबका अध्यक्ष सालिक सुवेदी, इनासका अध्यक्ष रेखा घिमिरे, एनआरएन राक अध्यक्ष जनार्दन सुवेदी विशेष अतिथिका रुपमा उपस्थित थिए ।

यसैबीच राखअल खेमाको नेपाली समुदायमा सहयोगी, साहित्यिक तथा सामाजिक व्यक्तित्वको परिचय बनाएका झापाली समाज र एनआरएन राक क्षेत्रका सचिव सुनील चौहानलाई अन्तर्राष्ट्रिय कलाकार समाज, युएईले सोही सांगीतिक कार्यक्रममा सम्मानका साथ बिदाई गरेको इनासका महासचिव राम तामाङले जानकारी दिएका छन् ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK