लोकब्याण्ड नेपथ्यको टोली अष्ट्रेलियामा

ENGLISH

NRN GLOBAL

लोकब्याण्ड नेपथ्यको टोली अष्ट्रेलियामा

6 July, 2017 | Bipin Acharya | 805 Views | comments

३ साता लामो सांगीतिक प्रस्तुती लिएर नेपालको चर्चित लोकब्याण्ड नेपथ्य अष्ट्रेलिया आइपुगेको छ । दश जनाको टोली लिएर आज मेलबर्न आइपुगेको यस सांगीतिक टोलीले यहाँका विभिन्न सहरहरुमा प्रस्तुति दिने कार्यक्रम छ ।

अष्ट्रेलियामा नेपथ्यको यो चौथो सांगीतिक कार्यक्रम हो । सिड्नी, मेलबर्न र एडिलेडका अन्तराष्ट्रिय स्तरका कार्यक्रमस्थलमा प्रस्तुती दिन लागेको नेपथ्यलाई यहाँका करिब ८ हजार नेपाली प्रत्यक्ष सुन्ने र देख्ने आयोजकले दाबी गरेको छ । यहाँ रहेको म्याग्दी ओभरसिज नेप्लिज एसोसिएसनको निमन्त्रणामा अष्ट्रेलिया आएको टोलीले सिड्नीको विश्वप्रसिद्ध लुना पार्कमा रहेको बिग टप अडिटोरियममा प्रस्तुती दिनेछ भने मेलबर्नको प्लानेट सेकर्स हलमा र एडिलेडको नरउड कन्सर्ट हलमा आफ्नो संगीत प्रस्तुत गर्नेछ ।

‘अष्ट्रेलियामा हामीले जुन माया र सम्मान पाउदै आएका छौं, त्यो हाम्रो लागि संधै अविश्मरणिय र प्रेरणायोग्य छ,’ मेलबर्न उत्रिएका समुहका मुख्य गायक अमृत गुरुङले सुनाए । उनले अष्ट्रेलियामा आफुहरुको प्रस्तुतीलाई संधै मन पराइएको र उक्त विश्वासलाई कायम राख्न आफुहरु लागिपरेको समेत सुनाए । टोलीमा मुख्य गायक गुरुङका साथै ड्रमसेटमा धु्रव लामा, किबोर्डमा सुरज थापा, गितारमा सुविन शाक्य र मादलमा शान्ति रायामाझी छन भने ४ जना ब्यवस्थापक र प्राविधिक टोली समेत मेलबर्न आइपुगेको छ ।

अष्ट्रेलियामा नेपथ्यले नेपालबाट आउने अन्य गायकगायिका वा सांगितिक समूहको तुलनामा राम्रो कार्यक्रमस्थल र धेरै दर्शकहरु पाउदै आएको छ । यसपटक पनि नेपथ्यको सांगीतिक कार्यक्रम सिड्नीमा ३ हजार दर्शक क्षमता भएको अन्तराष्ट्रियस्तरको कार्यक्रमस्थलमा हुदैछ भने मेलबर्नमा पनि २ हजार दर्शक क्षमता भएको हलमा कार्यक्रम गर्न लागिएको छ। यसैगरि कम नेपालीहरुको बसोबास रहेको भनिएको एडिलेडमा पनि करिब १ हजार दर्शक क्षमता भएको कार्यक्रमस्थलमा नेपथ्यले प्रस्तुति दिनेछ ।

आयोजक संस्थाका अध्यक्ष हरि राम्जालीका अनुसार मेलबर्नमा यही जुलाईको ८ तारिख, एडिलेडमा १५ तारिख र सिड्नीमा जुलाईको २२ तारिखका दिन कार्यक्रम आयोजना हुँदैछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK