लोकदोहोरी प्रतिष्ठान यूएई शाखाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा पंगेनी

ENGLISH

NRN GLOBAL

लोकदोहोरी प्रतिष्ठान यूएई शाखाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा पंगेनी

संगीता सोति, युएई

27 June, 2018 | Sandeep Bhattarai | 7420 Views | comments

लोकदोहोरी प्रतिष्ठान यूएई

गत शुक्रबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, यूएई शाखाको प्रथम अधिवेशन गोपी कृष्ण पंगेनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

यूएईस्थित बरदुबईको एभरेष्ट होटलमा सम्पन्न अधिवेशनले तीन वर्षे कार्यकालका लागि समितिको उपाध्यक्षमा ओमकुमारी थयम्वु (खाँड ) र नारायण न्यौपाने चयन भएका छन् । त्यस्तै सचिवमा ओमकार पोख्रेल ,महिला सचिव लक्ष्मी केसी, सह-सचिव अमित विश्वकर्मा, कोषाध्यक्ष बिक्रम पौडेल र सह-कोषाध्यक्षमा गोपाल भट्टराई रहेका छन् भने कार्यसमिति सदस्यहरूमा प्रकाश ढकाल, राजेश भण्डारी, हेमबहादुर भण्डारी, अनिश दुवाडी, वीरेन्द्र दंगाल, पारू मगर, हर्क सिंह, रमेश राणा, केविनजंग शाही, नरेन सापकोटा, बिमादेवि न्यौपाने, मनु क्षेत्री, विकास अधिकारी, होमनाथ कुँवर, कृष्ण सुनार, सुनिता गैरे र यमलाल पराजुली रहेका छन् ।

लोकदोहोरी प्रतिष्ठान यूएई

अधिवेशन सम्पन्न गर्नको लागि नेपाल पत्रकार महासंघ यूएई शाखाका सल्लाहकार एकेन्द्र थापा संयोजक रहने गरी महासंघ यूएईका सहसचिव निर्भिक नारायण भुर्तेल, सदस्यहरू खिमलाल पाण्डे र रामप्रसाद ढुंगेल सहितको निर्वाचन समिति गठन गरिएको थियो ।

लोकदोहोरी प्रतिष्ठान यूएई

नेपाली राजदूतावास, अबुधाबिका कार्यवाहक राजदूत सागरप्रसाद फुँयाल प्रमुख अतिथि रहनु भएको कार्यक्रममा अधिवेशनमा नेपालबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष तथा वैदेशिक विभाग प्रमुख रमेश बिजी र केन्द्रीय सदस्य कृष्ण आशुसमेत आमन्त्रित थिए । त्यस्तै कार्यक्रममा युएईमा रहेका विभिन्न संघ सस्था प्रमुखहरुको उपस्थिति रहेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK