लैंगिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन न्यू जर्सीमा महिलाहरु रातो सारीमा

ENGLISH

NRN GLOBAL

लैंगिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन न्यू जर्सीमा महिलाहरु रातो सारीमा

विजय थापा,डिसी

7 November, 2018 | Sandeep Bhattarai | 2250 Views | comments

लैंगिक हिंसा

गत नोभेम्बर ३ का दिन अमेरिकाको न्यु जर्सीमा लैंगिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन महिलाहरु रातो सारीमा सजिएर भेला भइ कार्यक्रमको आयोजना गरेका छन् । उक्त कार्यक्रममा विदेशीहरु पनि ऐक्यबद्धता जनाउन सहभागिता भएका थिए ।

न्युजर्सीमा रहेको स्वास्थ्य संस्था ‘केयर पोइन्ट’ अन्तर्गत ‘हड्सन स्पीक्स’ले संचालन गरेको ‘बोलो बहन’ अभियानका क्रममा आयोजित ‘रेड सारी इभेन्ट’नामक कार्यक्रममा महिलाहरु रातो सारी तथा कालो चोलोमा उपस्थित भएका थिए । न्युजर्सीको हड्सन काउन्टीमा घरेलु र यौनहिंशाको शिकार भएका दक्षिण एसियाली महिलाहरुलाई निशुल्क सेवा प्रदान गर्ने उद्धेश्यले स्पीक सिस्टर अर्थात् ‘बोलो बहन’ ,नेपालीमा बोलौ दिदीबहिनी भन्ने अभियान संचालन गरिएको हो ।

हिन्दी, नेपाली ,बंगाली तथा अँग्रेजीमा समेत सेवा विस्तार गरिएको छ । यसको साथै घरेलु तथा यौनहिंसाका पीडित नेपाली महिलाहरुलाई समेत निशुल्क सहयोग गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो । अतिथि तथा वक्ताहरुले विशेष बोल्न पर्ने र यौन हिंसामा एकता हुनु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रमको बारेमा जानाकारी तथा उपस्थित नेपाली मूलका तथा विदेशीहरुलाई स्वागत महिला अधिकारकर्मी बिष्णु माया परियार ( मानार्थ विद्या वारिधि) ले गरेकी थिइन् ।

कार्यक्रममा दक्षिण एसिया लगायत नेपालका कलाकारहरु समिक्षा पौडेल, कृति सुबेदी भट्ट, सिम्रन अधिकारी, कबिन महर्जनले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रम प्रस्तोता अनुपना सापकोटाले गरेकी थिइन् । अतिथि तथा वक्ताहरुले विशेष बोल्नु पर्ने र यौन हिंसाविरुद्धमा एकता हुनु पर्ने कुरामा जोड दिएका थिए ।

महिला हिंसा विरुद्ध अमेरिकन महिला समेत रातो फरियामा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK