लेसेष्टरमा साझा नेपाली समाज यूकेको सांस्कृतिक साँझ सम्पन्न

ENGLISH

NRN GLOBAL

लेसेष्टरमा साझा नेपाली समाज यूकेको सांस्कृतिक साँझ सम्पन्न

16 June, 2016 | Bipin Acharya | 1090 Views | comments

बेलायतको मिडल्याण्ड र यस वरपरका विभिन्न चार संस्थामिलेर बनेको साझा नेपाली समाजले गत १३ जुन२०१६, सोमबार साँझ लेसेष्टरस्थित म्यापल बैंक्वेटिंग हलमा कल्याणकारी कोष सहयोगार्थ भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

16061502k

स्थानिय लेसेष्टर, नटिंघम, ओल्भरह्याम्पटन, पिटरबरो, बर्मिंघम, ग्रान्थाम, स्पाल्डिंग, कोलबेल, ननिटन, डर्बी र यस वरपर रहेका करीव ३००नेपालीहरुको उपस्थितिमा नेपालबाट आएकाहालका चर्चित हाँस्य कलाकारद्धय बले र कक्रोचका साथमा चर्चित लोक गायिका एवं मोडेल ज्योती मगरको उत्कृष्ट प्रस्तुतीले साँझ मनोरन्जनले भरिपूर्ण बनेको थियो । कलाकारको संयोजन एवंप्रस्तोता सपन राईले पनि सुरिलो स्वरमा गीत गाएर वातारणलाई उत्कृष्ट बनाएका थिए ।

e

​पवित्र उद्देश्यका साथ नेपालमा परेका विपत्तिका लागि सहयोग जुटाउन गरिएको उक्त साँस्कृतिक कार्यक्रमले मिड्ल्याण्ड र यस वरपररहेका नेपालीलाई एक सकारात्मक सन्देश जानुकासाथै यसबाट उठेको रकम नेपालमा पु-याईनेसाझाका अध्यक्ष रण के।सी।ले बताए । साथै पिटरबरोका नेपालीहरुबाट शुरु गरिएको धुर्मुस–सुन्तली फाउन्डेशनलाई सहयोग गर्ने अभियानलाई साझाले पनि समर्थन गर्दै साझाका उपाध्यक्ष महेशअधिकारीको संयोजकत्वमा सहयोग संकलन गर्ने निर्णय आजै गरेको जानकारी गराउँदै सबैमा सहयोगको अपील पनि गरे ।

​साझाका अध्यक्ष रण के।सी।को सभापतित्वमा सम्पन्न पहिलो चरणको संक्षिप्त कार्यक्रममा साझाका निवर्तमान् अध्यक्ष एवं सल्लाहकार राजू कंडेलले वर्तमान् कार्यसमितिका पदाधिकारी, सदस्य एवं सल्लाहकारहरुको परिचय गराएका थिए । साझाको कल्याणकारी कोषको लागि गरिएको यस सांस्कृतिक साँझका संयोजक एवं संस्थाका संस्थापक अध्यक्ष शंकर भण्डारीले कार्यक्रमको बारेमा जानकारी गराएका थिए । संस्थाका महासचिव हरी कार्कीले संचालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष महेश अधिकारीले स्वागत मन्तव्य गरेका थिए । कल्याणकारी कोष व्यवस्थापन समितिका संयोजक एवं लेसेष्टर समाजका निवर्तमान अध्यक्ष दयानिधि सापकोटाले कोषका बारेमा बोलेका थिए।

j

कार्यक्रमको दोश्रो चरणमा पत्रकार एवं रेडियो आर.जे. नृपेश उप्रेतीको उद्घोषण, ज्योती मगरको नृत्य एवं हास्य कलाकारद्धयको प्रहशनले कार्यक्रमका उत्कृष्ट हुनुका साथै सहभागी भरपूर मनोरन्जन लिएका थिए । श्रृजनशील लेष्टरसमाजका अध्यक्ष पशुपती पोखरेलको उत्कृष्ट नेपाली खानाको व्यवस्थापनको साथमा साँझ ६ बजे शुरु गरिएको कार्यक्रम राति १०.३० सम्म चलेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष रण केसी र कार्यक्रम संयोजक शंकर भण्डारीले कलाकारहरुलाई सम्मान गर्नुका साथै सहभागी साझा नेपाली समाजसंग आवद्ध सबै संघ संस्था एवं शान्ती नेपाली समाजका महासचिव कृष्ण ढकाल लगायत सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यवाद व्यक्त गरे ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK