लेवनानका प्रधानमन्त्री स्वतन्त्रता दिवस मनाउन स्वदेश फर्किने

ENGLISH

WORLD

लेवनानका प्रधानमन्त्री स्वतन्त्रता दिवस मनाउन स्वदेश फर्किने

20 November, 2017 | Bhawana Pathak | 1835 Views | comments

आश्चर्यजनक तरिकाले साउदी अरबबाटै राजीनामाको घोषणा गर्नुभएका लेबनानका प्रधानमन्त्री साद हरिरि झण्डै आधा महिनापछि स्वदेश फर्किनुहुने भएको छ ।

आउदो नोभेम्बर २२ मा लेबनानमा मनाइने स्वतन्त्रता दिवसमा सहभागी हुन आफू स्वदेश फर्किने उहाँले शनिबार पेरिसमा जानकारी दिनुभयो ।

फ्रान्सका राष्ट्रपति इम्यानुअल मार्कोनसँग राष्ट्रपति कार्यालय इलिजी प्यालेसमा भएको भेटवार्ता तथा दिवा भोजपछि उहाँले आफू स्वदेश फर्किन लागेको जानकारी दिनुभएको हो ।

हरिरि शनिबार बिहान साउदी अरबको राजधानी रियादबाट श्रीमती लारा सहित पेरिस आउनु भएको हो ।

“म चाँडै नै बेरुत जानेछु, हाम्रो स्वतन्त्रता दिवसमा सहभागी हुनेछु, त्यसपछि अरु सवै विषयमा के गर्ने भन्ने बारेमा राष्ट्रपति मिचेल औनसँगको भेटवार्तापछि हुनेछ ” उहाँले भन्नुभयो ।

हरिरिले नोभेम्बर २२ का दिन स्वदेश फर्किने बारेमा औनलाई फोन गरेर जानकारी गराएको लेबनानको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री हरिरिले नोभेम्बर महिनाको पहिलो हप्तामा राजीनामाको घोषणा गर्नुभएको थियो ।

हरिरिले शुक्रबार ट्विट गर्दै लेवनानको भविश्यका बारेमा छलफल गर्न रियादमा बसेको उल्लेख गर्नुभएको छ । अरब देशहरुसँगको सम्वन्धका लागि पनि आफ्नो भ्रमण भएको उहाँको भनाई छ ।

उहाँले यसअघि भने आफूविरुद्ध षड्यन्त्र भएको थाहा पाएर राजीनामाको घोषणा गरेको बताउनु भएको थियो ।

उहाँका बुवा तथा पूर्व प्रधानमन्त्री राफिक अल हरिरिको सन् २००५ मा बम आक्रमण गरी बेरुतमा हत्या गरिएको थियो । उहाँको हत्या अहिले सम्मपनि रहस्यमय नै रहेको बताइएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK