लेबनानमा १० वर्षसम्म नेपाली युवतीको श्रमशोषण

ENGLISH

NRN GLOBAL

लेबनानमा १० वर्षसम्म नेपाली युवतीको श्रमशोषण

उद्धार गरिएकी सोनामले साढे ३४ लाख तलब पाइनन्

4 November, 2017 | Sandeep Bhattarai | 820 Views | comments

सोनाम मोक्तान

 होम कार्की, काठमाडौं – लेबनानमा १० वर्षदेखि घरेलु श्रमशोषणमा रहेकी नेपाली युवतीलाई त्यहाँको प्रहरीले उद्धार गरी नेपाल फर्काएको छ । मालिकद्वारा घरमै लुकाएर राखिएकी कालिका गाउँपालिका, रसुवाकी ३१ वर्षीया सोनाम मोक्तानलाई लेबनान प्रहरीले उद्धार गरी नेपाल पठाएको हो ।

मोक्तान रित्तै घर फर्किएकी छन् । उनले तलबबापत मात्र ३३ हजार अमेरिकी डलर (झन्डै ३४ लाख ६४ हजार रुपैयाँ) पाउनुपर्ने थियो । लेबनानी मानव अधिकारवादीको चर्को दबाबपछि प्रहरीले मालिकको घरबाट सोनामलाई उद्धार गरेको थियो । सोनामलाई मालिक (स्पोन्सर) ले भिसा नलगाई गैरकानुनी हैसियतमा राखेको थियो । उनलाई दुई सातासम्म डिपोर्टेसन सेन्टरमा राखेर नेपाल पठाइएको हो ।

लेबनानी अधिकारवादीले गैरकानुनी हैसियतमा राख्ने मालिकलाई कारबाही नगरेको र घरेलु कामदारलाई दुई सातासम्म डिपोर्टेसन सेन्टरमा थुनामा राखेको भन्दै प्रहरीको समेत आलोचना गरेका थिए । सोनाम सन् २००७ मा लेबनान गएकी थिइन् । उनी लेबनानको जुविलस्थित डा. वुट्रोस आवुजोनका घरमा काम गर्दै आएकी थिइन् ।

पीडितका परिवारले दुई वर्षअघि सोनामको खोजी गर्न परराष्ट्र मन्त्रालय र लेबनानस्थित अधिकारवादी संस्थाहरूलाई अनुरोध गरेका थिए । अधिकारवादीहरूले सोनामको अवस्था र मालिक पत्ता लगाएर उद्धार गरी नेपाल पठाउन जनरल सुरक्षा महानिर्देशनालयलाई निरन्तर दबाब दिएका थिए । इजिप्टस्थित नेपाली दूतावासले पनि सोनामका विषयमा लेबनान सरकारको ध्यानाकर्षण गराएको थियो । सोनामको खोजी हुन थालेपछि स्पोन्सर आवुजोनले आफ्नो घरबाट भागेको भन्दै भाइ हसनका घरमा लुकाएर राखेका थिए ।

‘मलाई आमा, भाइसँग नियमित सम्पर्क गर्न पनि दिँदैनथे । वर्षमा एक–दुई पटक मात्रै कुरा गर्न दिइन्थ्यो । भूकम्पपछि पनि फोन गर्न दिएन, तेरा सबै आफन्तको मृत्यु भयो भन्दै नेपाल नफर्कन दबाब दियो,’ काठमाडौं आइपुगेपछि सोनामले सुनाइन्, ‘म जाने ठाउँ पनि थिएन । किनकि मेरो राहदानी थिएन । मालिकले अब नेपाल जान पाउँदिनस् भन्थ्यो । अब नेपाल आउन नपाउने भएँ भनेर दु:खी भएर बसेकी थिएँ ।’

सोनामले नेपाल फिर्ने बेला मालिकले एक हजार डलर दिएको बताइन् । तर त्यो पैसा पनि उनले घर ल्याउन पाइनन् । ‘त्यसमध्ये ९ सय डलर विमानस्थलमा चेक गर्ने प्रहरीले लिइदियो,’ उनले भनिन्, ‘नेपाल आइपुग्दा एक सय डलर मात्रै हातमा भयो ।’ उनको सुरुको करारपत्रमा मासिक एक सय ३० डलर तलब पाउने उल्लेख छ । नियमअनुसार दुई–दुई वर्षमा तलब वृद्धि भई आउने बेलासम्म मासिक ३ सय डलर पुगेको थियो । परिवारका अनुसार सोनामका मालिकले दस वर्षमा ४५ सय डलर मात्रै पठाइदिएका छन् ।

आवुजोनले भने आफूले सोनामलाई पाउनुपर्ने पूरै तलब नियमित पठाइदिएको दाबी गरेका छन् । ‘सोनामको राहदानी नवीकरण भएन । इजिप्टमै गएर राहदानी अडकियो,’ सोनामका मालिक आवुजोनले कान्तिपुरलाई भने, ‘मैले दिनुपर्ने तलब, बोनस सबै दिइसकेको छु ।’

सोनामले आफूले पाउने तलब दिलाइदिन परराष्ट्र मन्त्रालयको त्रिपुरेश्वरस्थित कन्सुलर विभागमा निवदेन दिएकी छन् । ‘सोनाम अझै डराएकी छन् । सबैसँग खुलेर बोल्न सक्तिन,’ नेपाल ल्याउन दुई वर्षदेखि काम गरिरहेका सञ्जय ब्लोनले भने ।

सोनामलाई लेबनानबाट उद्धार गर्न स्थानीय अधिकारवादीसँग समन्वय गरेका दीपेन्द्र उप्रेतीले अदालतमा मुद्दा हाले तलबसहित क्षतिपूर्ति पाउने अवस्था रहेको बताए । ‘दूतावासले वकिल नियुक्त गरे सोनामले बाँकी तलब पाउने स्थिति छ,’ उनले भने ।

लेबनान मामिला हेर्ने इजिप्टस्थित नेपाली राजदूत झवीन्द्र अर्यालले सोनामले पाउनुपर्ने तलबसहितको क्षतिपूर्तिबारे लेबनानी निकायसँग सोधपुछ भइरहेको बताए । ‘सुरक्षा महानिर्देशनालयको कार्यालयमा सोनामले सबै तलब पाइसकेको भनेर हस्ताक्षर गरेको कागज छ । नपाएको भए दिलाउन थप प्रयास गर्नेछौं,’ राजदूत अर्यालले कान्तिपुरलाई भने ।

सोनामकी आमा छिर्तु मोक्तानले माया मारिसकेकी छोरीको आगमनले निकै खुसी तुल्याएको बताइन् । ‘यो जुनीमा सोनामलाई भेट्न जुर्दैन जस्तो लागेको थियो,’ २७ अक्टोबर काठमाडौं आइपुगेकी सोनामलाई सुम्सुम्याउँदै उनले भनिन्, ‘जजसले मेरी छोरीलाई पठाउन सहयोग गरे, म उहाँहरूप्रति ऋणी छु । मेरो धन्यवाद छ ।’

कान्तिपुरबाट

रोजमायालाई डिपोर्ट नगर्न लेबनान अदालतद्वारा आदेश

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK