लेखेको कुरा गलत भएपछी पत्रकारले माफी माग्दै चपाए पत्रिका

ENGLISH

WORLD

लेखेको कुरा गलत भएपछी पत्रकारले माफी माग्दै चपाए पत्रिका

20 February, 2017 | Bhawana Pathak | 660 Views | comments

बेलारुसको एक चर्चित खेल पत्रिका प्रेसबलका पत्रकार भेचेस्लाभ फेडोरेन्कोभले कन्टिनेन्टल हकी लिग खेलमा डाइनामो मिन्स्क क्लब प्लेअफ चरणमा पुग्न नसक्ने भनी पत्रिकामा लेखेका थिए । तर उनको उक्त भविष्यवाणी गलत ठहरिएपछि उनले आफ्नो बाचा पूरा गर्दै आफूले पत्रिकामा लेखेर गरेको गल्ती स्विकार गर्दै आफ्नै अक्षरहरु खाए । अर्थात् आफ्नो गलत समाचार छापिएको पत्रिका उनले चपाएर खाए ।

paper-chapaye

उनी मिन्स्क एरिनाको प्रेस सेन्टरमा आए एउटा पत्रिका लिएर । उनले एउटा कपमा सुप पनि ल्याएका थिए । त्यसपछि उनले पत्रिका च्यात्दै सुपसँग चपाउँदै खाँदै गरे । सुप सकिँदासम्म उनले उक्त पत्रिकाको आधा भाग खाइसकेका थिए ।उनले पूरै पत्रिका खान भने सकेनन् । पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो मनपर्ने टोलीका लागि आफू जे पनि गर्न तयार रहेको बताए । तर यस्तो बाचा गर्नुपुर्व भविष्यमा दुईपटक सोँच्ने उनले बताएका छन् ।

आफ्नो विषयमा गलत समाचार लेख्ने पत्रकारलाई त्यसरी पत्रिका नै खानका लागि डाइनामो मिन्स्क क्लबले कुनै दबाब दिएको थिएन । तर पत्रकारले आफ्नो गलत समाचारप्रति माफी माग्दै आफै पत्रिका नै खाएपछि क्लबका प्रशिक्षक पनि मख्ख नपर्ने कुरै भएन । एजेन्सी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK