लुसाकामा नेपालको पर्यटन प्रबर्द्धन सम्बन्धि कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

लुसाकामा नेपालको पर्यटन प्रबर्द्धन सम्बन्धि कार्यक्रम सम्पन्न

10 July, 2018 | Sandeep Bhattarai | 3100 Views | comments

लुसाका

गैर आवासीय नेपाली संघ, जाम्बियाले नेपाल दूतावास दक्षिण अफ्रिकाको सहयोगमा, मुलूंगुशी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लुशाका जाम्बियामा हालै नेपालको पर्यटन प्रबर्द्धन सम्बन्धी एक विशेष कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा जाम्बिया विश्वविद्यालय, संयुक्त राष्ट्र एजेन्सीहरू, आईएलओ, युएनएड्स जस्ता अन्तर्राष्ट्रिय संस्थाहरू र स्थानीय उद्यमी, वकील र मिडिया सेलिब्रिटीहरूको प्रतिनिधित्व थियो ।

जाम्बियाको परराष्ट्र मन्त्रालयको राजनैतिक र अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक, विश्वविद्यालयका डेपुटी भाइस चांसलर र डीन, संयुक्त राष्ट्र संघ संस्थाका निर्देशक कार्यक्रममा उपस्थित उच्च स्तरको ब्याक्तिहरुको समेत उपस्थिति रहेको थियो। साथै जाम्बियामा रहेका नेपालीहरू यस कार्यक्रममा सहभागीता रहेको थिए।

नेपालको राष्ट्रियगान बाट सुरु भएको कार्यक्रममा एनआरएनए जाम्बियाका अध्यक्ष प्रोफेसर बिशाल नाथ उप्रेतीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै अतिथिहरुलाई स्वागत गरे। आफ्नो स्वागत भाषणमा प्रोफेसर उप्रेतीले एनआरएनएको संक्षिप्त परिचय दिनुको साथै नेपालका गौरवपूर्ण इतिहास र संस्कृति र राजनीतिक घटनाक्रमको बारे उजागर गर्दै नेपाल र जाम्बिया बीचको सुमधुर कूटनीतिक सम्बन्ध विकास र दुई देशबीचको वर्तमान उच्च  स्तरको सम्बन्धको विकासको सम्भावना  पेश गर्नुभयो।

नेपालका रहेको अद्वितीय पर्यटकिय आकर्षणका बारेमा प्रोफेसर उप्रेतीले उल्लेख गर्दै, उपस्थित पहुनाहरुलाई नेपाल आउन प्रोत्साहन गर्नु भयो। उहाँले जाम्बियन सहभागिहरु विशेष गरी सरकारी प्रतिनिधिहरूलाई पर्यटकिय विकासका क्षेत्रहरुमा नेपालसंग एकसाथ काम गर्न सकिने सम्भावनाहरुबारे पनि उल्लेख गर्नु भयो।

नेपाल पर्यटन सम्बन्धी स्वागत भिडियोको एक प्रस्तुतीकरण पछि; नेपालका प्रमुख पर्यटकिय स्थलहरूको झलकहरु आईएलओमा काम गर्ने नेपाली नागरिक गुंजन डल्लाकोटि द्वारा प्रस्तुत गरिएको थियो। युएनएड्स जाम्बियामा कार्यरत र एनआरएनए जाम्बियाका सल्लाहकार डा. नर्मदा आचार्यले रोचक रूपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो। उहाले सहभागीहरुलाई भूकम्प पछिको देशको पुनर्निर्माण कार्यमा पनि नेपाललाई सहयोग पुर्याउन अपील गर्नु भयो।

अन्तरक्रियात्मक कार्यक्रममा सहभागीहरुले बिगतका आफ्ना नेपालको भ्रमणको बारेमा आफ्ना विचारहरु र अनुभवहरु आदान प्रदान गरे। सहभागीहरूले नेपालका बारे आफ्ना प्रश्नहरू / जिज्ञासाहरू पनि राखे जुन नेपाली सदस्यहरूबाट सम्बोधन गरिएको थियो। अन्तत नेपालको प्राकृतिक सुन्दरताको आकर्षण, विभिन्न सांस्कृतिक र भौतिक वातावरणहरु, हिमालयको हिउचुली, विश्वको छत सगरमाथा , भगवान बुद्धको जन्मस्थान, गोर्खाली वीरताको इतिहास, विशिष्टता सहितको झण्डा, पौराणिक र सुन्दरताको भूमि, आदि छलफलका मुख्य विषयहरू थिए । युएनएचसीआर जाम्बियामा कार्यरत र एनसीसी-जाम्बियाका सल्लाहकार केशव श्रेष्ठले, “नेपालका जीवित देवी – कुमारी” को कथाको बारेमा व्याख्या गर्नुभयो।

कार्यक्रममा जाम्बिया राजस्व प्राधिकरणको एक अधिकारी (जसले नेपाल भ्रमण गरेका थिए) ले आफ्नो अनुभव सुनाउनु भएको थियो र नेपालमा अत्यधिक प्रभावकारी राजस्व संकलन व्यवस्था लागू गरिएको र कर फिर्ता दाखिल गर्न निजि क्षेत्रको प्रतिनिधिमुलक संस्था उद्योग बाणिज्य महासंघको भूमिका र सहयोगको प्रसंसा गर्नु भयो।

अन्तमा, एनसीसी जाम्बियाका संस्थापक अध्यक्ष बिदुर खनालले उपस्थित अथितिहरुलाई धन्यवाद दिदै कार्यक्रम सम्पन्न गर्नु भयो। उनले यस महत्त्वपूर्ण कार्यक्रमको आयोजनका लागि नेपाल राजदूतावास, प्रिटोरिया, दक्षिण अफ्रिकालाई आफ्नो कृतज्ञता व्यक्त गर्नु भयो। उहाँले जाम्बियाका एक मात्र नेपाली उद्यमी रोशन थापालाई उदार वित्तीय योगदानका लागि धन्यवाद दिनुभयो, साथै कार्यक्रम सफल बनाउन मद्दत गर्ने समस्त जाम्बियावासी नेपालीहरुको योगदानको प्रसंसा गर्दै, कृतज्ञता ब्यक्त गर्नु भयो ।

कार्यक्रमको अन्तमा रात्रिभोज आयोजना गरिएको थियो । सहभागीहरूले रात्रिभोजका बखत अनौपचारिक छलफल र विचारहरू आदान प्रदान गरे । नेपाली र नेपाली जनताको बारेमा थप ज्ञान, तथा नेपाल र जाम्बिया बीच पर्यटनको संभावना बारे थाहा पाउँदा खुसी ब्यक्त गरेका थिए । अतिथिहरुद्वारा कार्यक्रमको सराहना गर्नुको साथै नेपाल र नेपाली जनताको बारेमा यस कार्यक्रम मार्फत धेरै जान्ने मौका पाउदा खुशी थिए ।

सारांशमा, नेपालको परिचय, नेपालको पर्यटन प्रबर्द्धन गर्नका लागी आयोजना गरिएको यस कार्यक्रम अत्यन्त सफलतासाथ सम्पन्न भयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैंको टीका

दशैंको टीकाको साइत बिहान बिहान ९ बजेर ५१ मिनेट उत्तम

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत...

छक्कापञ्जा–३

घटस्थापनाको दिनबाट चलचित्र ‘छक्कापञ्जा–३’ प्रदर्शनमा आउने : ट्रेलर सार्वजनिक (ट्रेलर)

चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने...

जय प्रदा

नेपालका लागि पर्यटन सद्भावना दूतमा भारतीय अभिनेत्री जय प्रदा नियुक्त

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं...

सन्दीप सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK