लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमको बैठक सम्पन्न

ENGLISH

NRN GLOBAL

लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमको बैठक सम्पन्न

14 June, 2016 | Sandeep Bhattarai | 505 Views | comments

बेल्जियम – नेपालको राष्ट्रिय गौरव गौतम बुद्धको शान्ति सन्देशको विश्वव्यापी प्रचारप्रसारका साथै बुद्धको जन्मस्थल लुम्बिनी,नेपालको प्रवर्धन गर्ने कार्य गर्दै आइरहेको लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमले बुद्ध जयन्तीको सन्दर्भमा २२ मई २०१६ का दिन सफलतापुर्वक साधारण सभा सम्पन्न गरे पछि यसै सप्ताहको अन्तमा बेल्जियमको लुभेन शहरमा आफ्नो पहिलो बैठक सम्पन्न गरेको छ ।

bel

लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका युरोप सल्लाहकार एवं लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियमका अध्यक्ष दामोदरप्रसाद आचार्यले उक्त बैठकको अध्यक्षता गर्नुभएको थियो ।

बैठकले अभियानलाई संस्थाको रुपमा रुपान्तरण गर्ने निर्णय गरे अनुसार संस्था दर्ता भए लगतै कार्यकारी सदस्यहरु र सल्लाहकारहरुको मासिक लेभी १० युरो बैंकमार्फत डोमीसिलिएरिङ्ग गर्ने र संस्थाको साधारण सदस्यहरुको लागि वार्षिक सदस्यता शुल्क १२ युरो तय गरेको छ । संस्था दर्ता गर्ने कार्यमा अध्यक्ष दामोदरप्रसाद आचार्य व्यस्त हुनुहुन्छ ।

लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियान र नेपाल सरकार लुम्बिनी विकाश कोषको संयुक्त आयोजनामा आगामी २७ नोभेम्वर २०१६ का दिन होटेल बेड्फोर्ड एण्ड कंग्रेस सेन्टर ब्रुस्सेल्स, बेल्जियममा गरिने “विश्व शान्ति नगर लुम्बिनी, नेपाल” नामक अन्तर्राष्ट्रिय सम्मेलनलाई भव्यताका साथ सफल बनाउन अभियानका सबै सदस्यहरुले सम्मेलनका लागि सहभागीहरु र कार्यक्रमका लागि स्पोन्सरहरु जुटाउन पहल गर्ने निर्णय भयो ।

अन्य संस्थाहरुबाट अभियानलाई गरिएको निमन्त्रणामा अध्यक्ष सहभागी हुने, यदि अध्यक्ष सहभागी हुन नसक्ने अवस्थामा अध्यक्षले तोकेको कुनै पनि सदस्यले अभियानको तर्फबाट सहभागिता जनाउने तय गरियो ।

१६, १७ र १८ सेप्टेम्वर २०१६ का दिन सोलीडेर साप्ताहिक र डाक्टर फर दि पिपुलको संयुक्त आयोजनामा बेल्जियमको ब्रेदेनेमा हुदै आईरहेको सोलिडारिटी फेस्टिवल “मानिफ़िएस्ता” मा संस्थाको तर्फबाट सहभागिता जनाउदै अभियानले नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित नेपाली खानाको बिक्रि गरेर संस्थाको लागि फण्ड रेज गर्न एउटा स्टल लिन पहल गरिने निर्णय गरियो ।

यो पनि हेर्नुस – नेपाली जनसम्पर्क समिति बेल्जियमको बैठक सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अनमोलको ‘कृ’सँग जुध्ने भयो ‘प्याडम्यान’

जनवरी २५ मा ‘पद्मावत’ आउने भएपछि अक्षय कुमार अभिनित...

ओमविक्रम

अमेरिकामा गायक विष्टको सहयोगार्थ सांगीतिक कार्यक्रम

वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग...

थानेश्वर

यसरी हस्तान्तरण गरियो सरकारलाई थानेश्वरलाई बचाउन संकलित रकम(भिडियो सहित)

वैदेशिक रोजगारको क्रममा परिबन्धले साउदी अरेवीयाको जेलमा बन्दीको जीवन...

जहाँ बहुविवाह नगरे जेल जानुपर्छ

इरिट्रिया -संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK