लुट-२ ट्रेलरले गरेको थियो छक्का पञ्जाको रेकर्ड ब्रेक,ठमेल बजार गीत पनि करोड नजिक

ENGLISH

ENTERTAINMENT

लुट-२ ट्रेलरले गरेको थियो छक्का पञ्जाको रेकर्ड ब्रेक,ठमेल बजार गीत पनि करोड नजिक

20 February, 2017 | Bhawana Pathak | 1145 Views | comments

निश्चल बस्नेतको निर्देशनमा बनेको सिनेमा ‘लुट-२’ को ठमेल बजार बोलको गीतले झण्डै एक करोड दर्शक पाएको छ । गीतलाई यो समाचार तयार पार्दासम्म ९९ लाख ८५ हजार भन्दा धेरै पटक हेरिएको छ ।

loot

यो गीत सिनेमाको प्रमोशनल गीत हो । गीतमा मोडल एलिशा राई र सिनेमाका कलाकारहरुलाई देखाईएको छ । फागुन १३ गते देखि रिलिज हुने लुट २ लाई माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् भने ऋचा शर्मा, दयाहाङ राई, सौगात मल्ल, कर्मा शाक्य, विपिन कार्की लगायतको अभिनय सिनेमामा देख्न पाईनेछ ।

ट्रेलरले गरेको थियो ‘छक्का पञ्जा’को रेकर्ड ब्रेक
‘लुट-२’ को ट्रेलरले छोटो समयमै सबैभन्दा धेरै पटक हेरिने ट्रेलरको रकेर्ड पनि राखेको छ । यसले छक्का पञ्जाको रेकर्ड ब्रेक गर्दै एक नम्बरमा डेरा जमाएको हो । छक्का पञ्जाको ट्रेलरलाई एक दिनमा एक लाख ३० हजार पटक हेरिएको थियो भने लुट २ को ट्रेलरलाई २४ घण्टा नबित्दै दुई लाख ३२ हजार भन्दा धेरै पटक हेरिएको थियो । ट्रेलरलाई अहिलेसम्म १३ लाख २९ हजार भन्दा धेरै पटक हेरिएको छ ।

निर्देशकले भने सिनेमाबाट धेरै आशा नगर्नुहोला
गीत र ट्रेलर हरेपछि सिनेमाबाट दर्शकले निकै ठूलो अपेक्षा गरेका छन् । त्यस कारण हालै मात्र हामीसँगको कुराकानीमा निर्देशक निश्चल बस्नेतले दर्शकलाई धेरै ठूलो आशा बोकेर हलमा नआउन आग्रह गरेका छन् । ‘कहिले काही हामीले कुनै पनि कुरा आशा गरेजति पाएनौँ भने निराश हुन्छौँ । सिनेमा रमाईलो छ भन्ने हेतुले हलमा जानु भयो भने मजाले रमाईलो गरेर फर्कनु हुनेछ, तर धेरै ठूलो अपेक्षा लिएर जानु भयोे भने तपाईँको अपेक्षा पूरा नहुन पनि सक्छ’ |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण...

गोल

विश्वकप २०१८ :स्विडेनद्वारा दक्षिण कोरिया पराजित

विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन...

डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको...

पदयात्री

पदयात्री

बागलुङको पर्यटकीय लेक घुम्टे चढ्ने क्रममा थकाई मार्दै पदयात्री...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK