लुक्लामा रोकिए दुई सय बढी विदेशी पर्यटक

ENGLISH

TRAVEL

लुक्लामा रोकिए दुई सय बढी विदेशी पर्यटक

26 July, 2016 | arjun baral | 1700 Views | comments

lukla

सोलुखुम्बुको हवाई सेवा एघार दिनदेखिको लगातार वर्षा र बाक्लो हुस्सुका कारण पूर्णरुपमा अवरुद्ध भएको छ ।

बाक्लो हुस्सु लागिरहेका कारण जिल्लाका चार विमानस्थलमध्ये फाप्लु र तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान तालिका भएपनि उडान अवरुद्ध भइरहेको छ । काँगेल विमानस्थल दुई वर्षदेखि बन्द छ भने स्याङ्बोचे विमानस्थलमा पनि फाप्लु र लुक्लाबाटमात्र उडान भइरहेकामा त्यहाँ पनि अवरुद्ध भएको छ ।

यसबेला लुक्ला विमानस्थलमा सबै कम्पनीका गरी दैनिक ५र६ ओटा उडानको तालिका भएपनि मौसम खराबीका कारण स्थगन गर्नुपरेको तारा एअरलाइन्स लुक्लाका इन्चार्ज फुनुरु शेर्पाले जानकारी दिए । शेर्पाकाअनुसार उडान नहुँदा २०० भन्दा बढी विदेशी पर्यटक लुक्लामा रोकिएका छन् ।

मौसम खुल्ने आशामा उनीहरु बिहानदेखि विमानस्थलमा आउने र उडान स्थगन भएपछि होटलमा फर्कने गरेको होटल व्यवसायी दोर्जी शेर्पाले बताए ।

सगरमाथा क्षेत्रको भ्रमण सकेर फर्केका उनीहरु खर्च अभाव भएको र स्वदेश फर्कने हवाई टिकटको मिति सकिन लागेको भन्दै चिन्तित छन् ।

विमानस्थल अवरुद्ध हुँदा सुर्के–जुभिङ हुँदै सल्लेरीसम्म पैदलयात्रा गरी त्यहाँबाट जिपमार्फत् राजधानी फर्कने विकल्प भएपनि गत असार २२ गते सुर्केमा गएको पहिराका कारण पदमार्ग बगाएकाले पैदलयात्रा गर्न असहज छ । यता, फाप्लु विमानस्थलमा पनि उडान नहुँदा विशेष गरी फाप्लु अस्पतालबाट अन्यत्र पठाइएका बिरामी मर्कामा पर्ने गरेका छन् ।

अन्य यात्रुका लागि भने सल्लेरी–काठमाडौं सडकमार्ग सन्चालनमा रहेकाले धेरै असहजता नभएको यात्रु बताउँछन् । रासस

नेपालमा पर्यटन प्रवर्द्धनका लागि बीबीसी र सिएनएनमा विज्ञापन

 

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK