लुका मोड्रिचले जिते बालोन डी’ओर अवार्ड

ENGLISH

SPORTS

लुका मोड्रिचले जिते बालोन डी’ओर अवार्ड

मेस्सी र रोनाल्डो युगको अन्त्य

4 December, 2018 | Sandeep Bhattarai | 2190 Views | comments

लुका मोड्रिचले जिते बालोन डी’ओर अवार्ड

क्रोएसियाका कप्तान एवं स्पेनी क्लब रियल म्याड्रिडका फुटबल खेलाडी लुका मोड्रिचले बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्सको पेरिसमा मंगलबार बिहान भएको कार्यक्रममा उनले रोनाल्डो, मेस्सी र सलाहा जस्ता महान हस्तिलाई पछि पार्दै उपाधि जितेका हुन् ।

३३ वर्षीय क्रोएसियाली खेलाडी मोडरिकले २०१८ को विश्वकप फुटबलमा आफ्नो देशलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान गरेका थिए ।साथै स्पेनी क्लब रियल म्याड्रिडले चारपटक युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा विजयी हुँदा उनी क्लबका महत्वपूर्ण सदस्य रहेका थिए । मोड्रिचले विश्वकपमा गोल्डेन बल (सुनौलो भकुन्डो) जित्नुका साथै गत महिना युरोपेली सर्वोत्कृष्ट खेलाडी र फिफा वर्ष खेलाडी पनि घोषित भएका थिए ।

विगत १० वर्षदेखि यो अवार्ड रोनाल्डो र मेस्सीले मात्र जित्दै आएका थिए । तर मोड्रिचले, मेस्सी र रोनाल्डो युगको अन्त्य गर्दै उपाधि हात परेका हुन् । मेस्सी र रोनाल्डोले यो अवार्ड समान ५-५ पटक जितेका छन् । त्यस्तै युभेन्टसका क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा रहँदा एट्लेटिको म्याड्रिड फरवार्ड एन्टोनी ग्रिजम्यान तेस्रो स्थानमा रहेका थिए । पेरिस सेन्ट जर्मनका युवा स्टार किलियन एमबाप्पेले चौथो स्थान हासिल गरे । एमबाप्पेले भने उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिएको कोपा ट्रफी हात पारे ।

अवार्डको मनोनयनमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो,अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी ब्राजिलका नेयमार, फ्रान्सका केलियन एम्बाप्पे, फ्रान्स कै राफायल भराने, एन्टोनी ग्रिजम्यान, इजिप्टका मोहम्मद सलाह, बेल्जियमका इडेन हजार्ड, बेल्जियमकै केभिन डे ब्रुयनी, र इग्ल्यान्डका हृयारी केन रहेका थिए ।

मेस्सी र ग्रिजम्यानलाई पछि पार्दै रोनाल्डोले जिते ‘बालोन डि ओर’अवार्ड

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK