‘लिलिबिली’ मा अब प्रदीप र प्रियंका

ENGLISH

ENTERTAINMENT

‘लिलिबिली’ मा अब प्रदीप र प्रियंका

14 November, 2017 | Kunjar Bhattarai | 1525 Views | comments

केही महिना अघि काठमाण्डौको पाँच तारे होटलमा भव्य कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘लिलिबिली’को घोषणा गरिएको थियो । सो कार्यक्रममा, नायक प्रदिप खड्का र दुई नयाँ नायिका बडिगार्डसहित उपस्थित भएका थिए ।

चलचित्रमा प्रदिपसँग दुई नव-नायिका रेविका गुरुङ र जसिता गुरुङ तयार भएका थिए । तर, चलचित्रको छायांकन सुरु हुनै लाग्दा कलाकार परिवर्तन भएका छन् । चलचित्रको छायांकनका लागि नायक प्रदिप खड्का बेलायत पुगिसकेका छन् ।

यस्तै, नायिका जसिता गुरुङ पनि बेलायतमै छिन् । तर, नायिका रेविका गुरुङ भने अब यो चलचित्रमा नहुने पक्का भएको छ । रेविका नहुनुको मुख्यकारण, उनलाई यूकेले दुई पटकसम्म भिसा नदिनु हो । अर्कोतिर, उनी एक महिनादेखि जण्डिसका कारण बिरामी छिन् । यसैले पनि नायिका परिवर्तन गर्नुपरेको निर्देशक मिलन चाम्सले बताएका छन् ।

अब, यो चलचित्रमा नायिका प्रियंका कार्कीले काम गर्ने पक्का भएको छ । निर्देशक मिलन चाम्स र नायिका कार्कीले यो कुराको पुष्टी गरेका छन् । उनले प्रियंकाले चलचित्रमा प्रदिपसम्म रोमान्स गर्छिन् या गर्दिनन् भन्ने खुलाउन नसकिने बताए । अब, चलचित्रमा प्रदिप खड्का, प्रियंका कार्की र जसिता गुरुङले काम गर्नेछन् । चलचित्रको छायांकन केही दिनमै यूकेमा सुरु हुने बताइएको छ ।

विश्वका शक्तिशाली महिलाको सूचीमा प्रियंका चोपडा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

मोना कतारद्वारा स्मार्ट टिभी सहयोग

बेनी, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पर्यटक सूचना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK