लायन्स अन्तरराष्ट्रिय अध्यक्षले नयाँ नेपाली लायन्स क्लबको उद्घाटन गर्ने

ENGLISH

NRN GLOBAL

लायन्स अन्तरराष्ट्रिय अध्यक्षले नयाँ नेपाली लायन्स क्लबको उद्घाटन गर्ने

26 July, 2016 | Bhawana Pathak | 1015 Views | comments

क्यालिफोर्निया,लायन्स कल्ब असोसिएसनका अन्तरराष्ट्रिय अध्यक्ष चान्सलर बब कोर्ल्ल्युले नवगठित लायन्स क्लब अफ सान लियान्द्रो मनकामनाको एक भव्य समारोहको बीच उद्घाटन गर्नुहुने भएको छ।

layansss

सो शुभ अवसरमा इन्ट्रर न्यास्नल डाइरेक्टर हावर्ड हड्सन तथा नेपालका प्रथम इन्टरन्यास्नल डाइरेक्टर सञ्जय खेतान पनि आ आफना पत्नी लियन तथा संगिता साथमा सरीक हुनु हुनेछ।

यसरी बहालवाला अन्तरराष्ट्रिय अध्यक्षद्वारा उद्घाटन गराउन पाउने सौभाग्य अत्यन्त कम् क्लब लाई प्राप्त हुने भएकोले यो समारोह समग्र डिस्ट्रिक्ट द्धऋघ को लागि गौरव र खुशीको कुरा बताइन्छ। विश्वको सर्वाधिक ठुलो सेवा संस्था लायन्स क्लबस असोसियसन २०० भन्दा धेरै देशहरुमा फैलेको छ भने संसारभर ४६,००० भन्दा ज्यादा क्लबहरुमा १४ लाख भन्दा बढी सदस्यहरु रहेका छन।

चार्टर प्रेसिडेन्ट लायन चन्द्र धितालको नेत्रित्वमा हालै गठित सो क्लबमा गोपाल बस्नेत, बैकुण्ठ खनाल तथा यज्ञ नेपाल क्रमश प्रथम द्वितिय र त्रितिय उपाधक्ष चयन् हुनु भएको छ भने सो नयाँ कलबमा कमल भट्टराई सचिव, कृष्ण रन्जित कोषाधक्ष तथा खड्ग बस्नेत मेम्बरशिप चिअर रहनु भएको छ।
त्यसै गरी सो क्लबको डाइरेक्टरहरुमा सुमन गैरे, धिरेन गिरी, अशिश खड्का, राजिब खड्का, दिनेश पन्त, कृष्ण अम्गाइँ चयन् हुनु भएको छ । लोक बहादुर बानियाँ, लेखराज भण्डारी, र अर्जुन बिष्ट सल्लाहकार रहेको सो नयाँ क्ल्बको लायन टेमरमा प्रदिप राज गोतामे रहनु भएको छ भने टेल ट्विस्टर् मा लक्षमण खतिवडा रहनु भएको छ।

लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णले स्पोन्सर गरेको सो क्लबको गाइडिङ लायन मा लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णका आउट्गोइङ प्रेसिडेन्ट लायन ध्रुव थापा तथा सोही क्लबका चार्टर सेक्रेटेरी, पूर्व अध्यक्ष तथा पूर्व जोनचिअर लायन मणी नेपाली पनेरु नियुक्त हुनु भएको छ। नयाँ सदस्यहरुलाई लायनस इन्ट्ररन्यासनल, उद्देश्य र कार्यक्रमहरु प्रकाश पार्न तथा नयाँ सद्स्य र पदाधिकारीहरुको परिचय गर्न हालै एक बिशेष भेलाको आयोजना गरिएको थियो।

सो अवसरमा डिस्ट्रिक्ट द्धऋघ का गभर्नर यान भल्टर, प्रथम महिला सन केरिगन, प्रथम डिस्ट्रिक्ट गभर्नर एवम लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णका चार्टर प्रेसिडेन्ट राजेन थापा पूर्व गभर्नर लिन्डा ग्रिफिन तथा पूर्व क्याबिनेट सेक्रेटेरी अल सटाकेको पनि उपस्थिती रहेको थियो। उहाँहरुले सो अवसरमा बोल्दै लायन्स क्लब बारे बिबिध बिषयमा जानकारी दिनु भएको थियो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK