लायन्सका पदाधिकारीबीच अन्तरक्रिया सम्पन्न

ENGLISH

NRN GLOBAL

लायन्सका पदाधिकारीबीच अन्तरक्रिया सम्पन्न

31 July, 2016 | Sandeep Bhattarai | 1395 Views | comments

नातिबाबु भट्ट, कोलोराडो अमेरीकालायन्सका ईन्टर नेशनल डिरेक्टर संजय खेतान, हिमालयज लायन्स क्लब लङमन्टका पदाधिकारी र लायन्सका स्थानिय डिष्ट्रक गर्भनर तथा अन्य पदाधिकारीबीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

लायन्सका पदाधिकारी

अगष्ट ६ तारिकका दिन उद्धाटन हुने क्लबको स्थिती बुन लायन्सका ईन्टर नेशनल डिरेक्टर संजय खेतान कोलोराडो आएका हुन् । स्थानीय नेपाली समुदायले कर्मभूमि अमेरीका र जन्मभूमि नेपालको सामुदायिक विकासको सहयोगार्थ लायन्स क्लब मार्फत जाने निर्णय गरे अनुसार सबै प्रकृया पूरागरि उद्धाटन हुन लागेको हो । हिमालयज लायन्स क्लब नेपालीको सकृयतामा कोलोराडोमा गठित पहिलो र एकमात्र क्लब हो ।

छलफको क्रममा डिरेक्टर खेतानले नेपालमा लायन्स क्लब मार्फत शिक्षा, स्वास्थ्यको क्षेत्रमा धेरै कामहरु भई रहेको बताउदै बर्तमान अवस्थामा नेपालको सामुदायिक बिकास गर्न सहयोगको धेरै आवश्यकता रहेको बताए । लायन्स क्लबले नेपालमा स्थानीयको मन जित्न सफल भएको भन्दै, उनले अहिले नेपालमा २० हजार नेपाली यसमा आवद्ध रहेको र २०१६ पछि नै १ सय भन्दा बढि क्लव गठन भई सकेको जानाकारि दिए । खेतानले विशेष गरि महाभूकम्प पछि नेपालको बिकासको लागि लायन्सले ५ मिलियन डलर छुट्याएको र त्यसबाट स्वास्थ्य र शिक्षामा ठूला ठूला काम भई रहेको बताए । उनले अमेरिकामा नेपालीको सकृयतामा १ सय भन्दा बढि लायन्स क्लब गठन गर्ने आफ्नो उद्धेश्य रहेको भन्दै यसकै शिल शिलामा कोलोराडो आईपुगेको बताए ।

पदाधिकारीबीच भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

उनले विश्वको सुविधा सम्पन्न देशमा बसेर पनि मातृभूमीको सहयोग गर्ने उद्धेश्य लिई क्लबमा गोलबन्द हुने सवैलाई धन्यवाद दिए । देश नेपाललाई सबैको साथ र सहयोगको खांचो रहेको प्रष्ट्याउदै , सम्पूर्ण नेपाली र नेपाल प्रति सद्भाव राख्नेहरुलाई सक्दो सहयोग गर्न आग्रह गरे ।लङमन्ट स्थित एभरेष्ट रेष्टुरेन्ट हलमा भएको अन्तरक्रिया कार्यक्रममा डिष्ट्रक गर्भनर, क्लबका पदाधिकारी तथा अन्य स्थानीयहरुको उपस्थिती रहेको थियो ।

यो पनि हेर्नुस – लायन्स अन्तरराष्ट्रिय अध्यक्षले नयाँ नेपाली लायन्स क्लबको उद्घाटन गर्ने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैंको टीका

दशैंको टीकाको साइत बिहान बिहान ९ बजेर ५१ मिनेट उत्तम

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत...

छक्कापञ्जा–३

घटस्थापनाको दिनबाट चलचित्र ‘छक्कापञ्जा–३’ प्रदर्शनमा आउने : ट्रेलर सार्वजनिक (ट्रेलर)

चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने...

जय प्रदा

नेपालका लागि पर्यटन सद्भावना दूतमा भारतीय अभिनेत्री जय प्रदा नियुक्त

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं...

सन्दीप सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK