लाप्राकमा यसरी ठडिदैछ एनआरएनएको नमूना एकीकृत बस्ती

ENGLISH

SPECIAL

लाप्राकमा यसरी ठडिदैछ एनआरएनएको नमूना एकीकृत बस्ती

6 August, 2017 | Sandeep Bhattarai | 4100 Views | comments

एनआरएनएको नमूना एकीकृत बस्ती

२०७२ बैशाख १२ को विनासकारी भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक नजिकको गाउँ लाप्राकमा यतिबेला एनआरएनएहरुको समन्वयमा त्यहाँका भूकम्प पीडितका लागि एकीकृत बस्ती निर्माणकार्य धमाधम भैरहेको छ ।

एनआरएनएको आव्हानमा विदेशमा रहेका तथा स्वदेशकै स्वयंसेवी युवा, नेपाली सेना तथा पीडितहरुको अथक मेहेनतले बस्ती ठडिने काम द्रुतगतिमा भैरहेको छ ।भूकम्प पीडित सात लाख परिवार सरकारी अनुदानमा घर बनाउने सपना देखेरै तीन वर्ष बिताइसकेका छन् । कतै कलाकारहरुले त कतै समाजसेवीले अनि कतै विभिन्न सहयोगी संस्थाहरुले घर बनाएर भूकम्प पीडितलाई टाउको लुकाउने बस्दोबस्ती गरिदिएका छन् ।

भूकम्प लगत्तै लाप्राकमा एकीकृत नमूना बस्ती बनाउने घोषणा गरेर तयारी थालेको एनआरएनएलाई घर बनाउने स्वीकृत लिनै दुई वर्षभन्दा बढी लाग्यो । संघले ६ महिना अगाडि मात्रै लाप्राकमा एकीकृत नमुना वस्ती विकास गर्ने अनुमति पाएको थियो ।

एनआरएनएको नमूना एकीकृत बस्ती

अति दुर्गम र विकट लाप्राकमा घर बनाउने योजना सोचेजस्तो सजिलो नभएर पनि लक्ष्य अनुसार काम हुन सकेको छैन । तैपनि लाप्राकलाई मुलुककै नमुना वस्ती बनाउन अग्रसर लिएको एनआरएनएले प्रति घर १२ लाख रुपैयाँ खर्च गरी यहाँ झण्डै ५७३ घरको नमुना वस्ती निर्माण गर्दैछ ।अक्टोबर अगाडि नै घर निर्माणसक्ने लक्ष्य भए पनि भौगोलिक जटिलता र मौसमी प्रतिकूलता निकै अप्ठेरो परेको संघका अध्यक्ष शेष घले बताउनुहुन्छ ।

आधाभन्दा बढि घरको निर्माण अक्टुवर अगाडी नै सक्ने र हिउँदसम्ममा बाँकी घरको निर्माण सक्ने लक्ष्यका साथ यतिबेला लाप्राकमा काम भइरहेको उहाँ बताउनुहुन्छ ।नमुना वस्ती निर्माणमा नेपाली सेनाले पनि सहयोग गरिरहेको छ । जहाँ नेपाली सेनाले केही दक्ष निर्माणकर्मी खटाइदिएको छ । गएका ६ महिनामा गैरआवासीय नेपाली संघले जसरी युद्धस्तरमा घर निर्माणको काम गर्‍यो, त्यसले यतिबेला लाप्राकबासी चकित परेका छन् ।

५७३ घरको एकीकृत बस्तीमा झण्डै ३ सय घरको डीपीसी निर्माण भइसकेको छ भने दर्जनौं घरमा गारो लगाउने काम धमाधम भइरहेको छ । ढुंगाको अभाव टार्न निर्माणस्थलमै इन्टरलकिङ इटा बनाउने काम भइरहेको छ ।पर्याप्त घामको अभावमा इटा निर्माण सफल नहुँदा एनआरएनए नेतृत्वले धेरैवटा विकल्पमा काम गर्नुपर्‍यो । इटा बनाउने मेसिनले काम नगरेपछि यतिबेला हातैले इटा बनाएर लाप्राकमा घर बनाउने काम अगाडि बढिरहेको छ ।

एनआरएनएको नमूना एकीकृत बस्ती

निर्माण कार्यको प्रत्यक्ष नेतृत्व गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङले गरिरहेका छन् । हरेक दुई सातामा लाप्राक पुग्ने उनीहरु त्यहाँ केही दिन बसेर आफैं कामको नेतृत्व गर्छन् ।

एनआरएनएद्वारा लाप्राक नमुना बस्तीको काम सुरु

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK