लाप्राकमा जीविकोपार्जनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न एनआरएनए र लूथरियन वर्ल्ड फेडरेशनबीच सम्झौता

ENGLISH

NRN GLOBAL

लाप्राकमा जीविकोपार्जनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न एनआरएनए र लूथरियन वर्ल्ड फेडरेशनबीच सम्झौता

2 September, 2017 | Sandeep Bhattarai | 1825 Views | comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लाप्राकमा निर्माण गरिरहेको नमूना बस्तीमा जीविकोपार्जनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न लूथरियन वर्ल्ड फेडरेशन र गैरआवासीय नेपाली संघवीच सम्झौतामा भएको छ ।

शुक्रबार काठमाण्डौमा आयोजित कार्यक्रममा संघका अध्यक्ष शेष घले र फेडेरेसन नेपाल देशीय निर्देशक डा. प्रविन मानन्धरले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षर कार्यक्रममा आफ्नो मन्तब्य राख्दै फेडेरेसनका देशीय निर्देशक डा. मानन्धरले लाप्राकजस्तो विकट स्थानमा संघले नमुना वस्ती निर्माण गर्न लागेकोमा प्रसंसा गर्नुभयो । सुरक्षित घरसँगै त्यहाँ जीविकोपार्जनको ब्यबस्था हुन सके लाप्राक वस्ती साँच्चिकै नमुना हुने भन्दै उहाँले स्थानीय वासिन्दालाई सीपयुक्त बनाउन सहकार्य गर्न लागिएको बताउनुभयो ।

पूर्वाधार तथा सीप बिकास र आयआर्जनका क्षेत्रहरुमा फेडरेशनले नेपालमा काम गरेको तीस बर्ष भई सकेको र यसबाट सिकेका पाठ र ज्ञानहरुको उपयोग गर्दै लाप्राकमा पनि गरिने उहाँले बताउनुभयो ।

फेडेरेसनले लाप्राकका स्थानीय वासिन्दालाई जिविकोपार्जनका दिगो उपायहरु अबलम्बन गर्न सक्नेगरी आयआर्जनका क्षेत्रहरु सिर्जना गैरआवासीय नेपाली संघसँग मिलेर काम गर्ने जानकारी दिनुभयो । एनआरएनएजस्तो संस्थासँग सहकार्य गर्न पाएको खुसी ब्यक्त गर्दै उहाँले यसका लागि सहजीकरण गरिदिनुहुने संघका सल्लाहकार डा. गणेश गुरुङ र नवराज गुरुङप्रति आभार प्रकट गर्नुभयो ।

संघका अध्यक्ष घलेले लाप्राकमा केवल वस्ती बनाउनेमात्र नभई स्थानीय वासिन्दाका लागि आयआर्जन र जीविकोपार्जनका लागि दिगो विकल्पहरु पनि सिर्जना गरिदिन संघले पहल गरेको बताउनुभयो । सोही चिन्ता र चासोका कारण संघले लूथरियन वल्र्ड फेडरेशन जस्तो अनुभवी र परिपक्क संस्थासँग सहकार्य गर्न अग्रसर भएको उहाँले बताउनुभयो ।

अध्यक्ष घलेले नेपालमा सहयोग गर्ने पवित्र चाहनाले काम गर्न खोज्दा पनि सहज नभएको तितो यथार्थ रहेको उल्लेख गर्दै त्यो परिस्थीतिसँग फेडेरेसनसमेत जानकार रहेको हुँदा यो सहकार्य दिगो हुने अपेक्षा गर्नुभयो ।

कार्यक्रममा संघका महासचिव, प्रवक्ता, महिला संयोजक, सल्लाहकार तथा अन्य गैरआवासीय नेपाली अगुवा एवं फेडेरेसनका कर्मचारीको पनि उपस्थीति थियो ।

रञ्जु थापा वाग्ले,
प्रवक्ता,
अन्तर्राष्ट्रिय समन्वय परिषद्,
गैरआवासीय नेपाली संघ ।

लाप्राकमा यसरी ठडिदैछ एनआरएनएको नमूना एकीकृत बस्ती

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

धनगढीलाई नमुना सहर बनाउने

जापान बस्ने प्रवासी नेपालीले धनगढीलाई नमुना सहर बनाउने

धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप नमुना सहर निर्माण...

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK