लाप्रक नमूना बस्तीमा श्रमदान गर्न एनआरएनए पदाधिकारीको आव्हान

ENGLISH

SPECIAL

लाप्रक नमूना बस्तीमा श्रमदान गर्न एनआरएनए पदाधिकारीको आव्हान

26 January, 2017 | arjun baral | 1675 Views | comments

Laprak-e1485412747335२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले पूर्ण रुपमा क्षतिग्रस्त भएको गोरखाको लाप्राकमा एकीकृत नमूना बस्ती निर्माण आरम्भ गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिरषद्ले बस्ती निर्माणमा स्वयंसेवक परिचालन गर्ने भएको छ ।

संघले निर्माण गर्न लागेको झण्डै ६ सय घरसहितको लाप्राक नमुना वस्तीको लागत निकै महंगो पर्ने हुँदा यस अभियानलाई स्वयंसेवक परिचालन गरी सञ्चालन गर्न लागेको हो । संघले एक सूचना जारी गर्दै यस नमुना वस्ती निर्माणमा सहभागी हुन नेपाली संघ, संगठन, र इच्छुक व्यक्तिहरुलाई सहभागीताको लागि आग्रह गरेको छ ।

२०७३ माघको अन्त्यदेखि २०७४ असोजसम्म निर्माणकार्य हुने भएकोले आफ्नो उपयुक्त समयमा यो अभियानलाई सघाउन सकिने पनि बताइएको छ । बस्ती निर्माण सम्बन्धिको काम भएकाले निर्माण क्षेत्रमा दक्ष जनशक्ति तथा सहयोगीका रुपमा एनआरएनएले स्वयंसेवकको खोजी गरिरहेको जानकारी दिएको छ ।

bhawan-laprak

भवन निर्माण सम्बन्धी दक्ष ज्ञान नभए पनि निर्माण सहयोगीका रुपमा पुनः निर्माणमा सहभागी हुन सकिने भन्दै सिभिल इन्जिनियर, ओभरसियर, सुपरभाइजर, पेन्टर, प्लम्बर, इलेक्ट्रिसियन, सिकर्मी, डकर्मी, फलाम, बाँस तथा ढुङ्गाको काम गर्ने कामदार र घर भत्काउने व्यक्तिहरुको आवश्यकता रहेको पनि संघले सूचनामार्फत जानकारी गराएको छ ।

नितान्त समाजसेवा भएकाले यो कार्यमा संलग्न हुनेहरुलाई प्रशंसापत्र बाहेक पारिश्रमिक दिन नसकिने व्यहोरा उल्लेख गर्दैै एनआरएनएले यस अभियानलाई सहयोग गर्न चाहने संघ, संगठनले माघ १८ गतेसम्म आवेदन दिनका लागि पनि आग्रह गरिएको छ ।

स्मरणीय के छ भने सो बस्ती निर्माणका लागि एनआरएनए अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट लगायत केन्द्रीय पदाधिकारीहरु यतिबेला लाप्राकमा स्वयंसेवा गरिरहनुभएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK