लापर्बाहीले सुत्केरीको मृत्यु

ENGLISH

लापर्बाहीले सुत्केरीको मृत्यु

26 July, 2016 | Bhawana Pathak | 805 Views | comments

sutkeri-mahilaसमयमा अस्पताल नलैजाँदा पाँचथरको पौवा सारतापमा सोमबार एकजना सुत्केरीले ज्यान गुमाउनुपरेको छ । ज्यान गुमाउनेमा घरैमा जुम्ल्याहा छोरी जन्माएकी पौवा सारताप–९ की २५ वर्षीया सनमाया तामाङ रहेकी छिन् ।

तामाङले शुक्रबार बिहान घरैमा जुम्ल्याहा छोरी जन्माए पनि नाल नझरेपछि परिवारका सदस्यले साँझसम्म झारफुक गरेर उपचार गर्न खोजेका कारण उनको मृत्यु भएको बताइएको छ ।

साँझसम्म सालनाल नझरेपछि उपचारका लागि इलाम जिल्ला अस्पताल लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको छिमेकी पद्मा तामाङले बताउनुभयो ।
जुम्ल्याहा शिशुको भने स्वास्थ्य सामान्य रहेको बताइएको छ । मृतकका श्रीमान छ महिनाअगाडि वैदेशिक रोजगारीका लागि कोरिया पुगेका छन् ।

बर्सेनि दुई छोराछोरी जन्माइसकेकी उनको स्वास्थ्यावस्था कमजोर रहँदारहँदै पनि परिवारका सदस्यले समयमा अस्पताल नलाँदा मृत्यु भएको स्थानीय बताउँछन् ।

पाँचथर जिल्लामा सुरक्षित कार्यक्रम लागू भएको छ भने जिल्ला अस्पतालसहित ३० वटा स्वास्थ्य संस्थामार्फत सुरक्षित मातृत्व सेवा दिइँदै आएको भए पनि उपचार नपाएर बिरामीको ज्यान जानु दुःखद् भएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका सूचना अधिकृत नारायण जोशीले बताउनुभयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK