लाइट नेपाललाई पत्रकार आचारसंहिता उल्लंघनको आरोप

ENGLISH

लाइट नेपाललाई पत्रकार आचारसंहिता उल्लंघनको आरोप

14 February, 2017 | Krishna Adhikari | 820 Views | comments

press council

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको उल्लघंन हुनेगरी समाचार प्रसारण गरेको भन्दै ४८ घण्टाभित्र जवाफ पेश गर्न लाइट नेपाल डटकमसँग स्पष्टिकरण मागेको छ ।

लाइट नेपाल डटकमले प्रसारण गरेको सामग्रीबाट पत्रकार आचारसंहिता, २०७३ को दफा ५(१), (३), (१२) मा “पत्रकार तथा सञ्चारमाध्यमले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनताविरुद्ध एवम् विभिन्न जातजाती, धर्म, सम्प्रदाय, भाषा, संस्कृतिवीचको सुसम्वन्ध र सामाजिक सद्भाव खलल् पार्ने, जातीय भेदभाव वा छुवाछुतलाई दुरुत्साहन गर्ने, सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने सामग्री उत्पादन, प्रकाशन र प्रसारण गर्नुहुँदैन, हिंशा आतङ्क र अपराधलाई प्रश्रय हुने वा त्रास उत्पन्न हुने वा न्यायिक निकायमा बिचाराधीन मुद्धाको स्वच्छ, सुनुवाई प्रक्रिया वा निणर्यमा प्रतिकुल असर पर्नेगरी सम्प्रेषण गर्नुहुदैन । ” भन्ने व्यवस्था भएकोमा सोको विपरीत लाइट नेपाल डटकमले आचारसंहिताको उल्लघंन गरेको उल्लेख छ ।

काउन्सिलका सूचना प्रविधि अधिकृत रामशरण बोहराद्वारा २०७३ फागुन २ गते हस्ताक्षरित पत्रमा भनिएको छ — “तहाँ अनलाइनबाट २०७३ माघ २९ गतेको अंकमा ‘संगठन बचाउन प्रहरीभित्र विद्रोहको संकेत, प्रहरी महानिरीक्षकको कार्यालय र निवास कब्जा’ शीर्षकमा प्रहरी संगठनभित्र एउटा समूहले भेला गरी आवश्यक परे विद्रोहमा जाने योजना बनाएको र प्रहरी अधिकारीको गोप्य बैठकले महानिरीक्षकको सचिवालय र निवासमा तालाबन्दीसम्म गर्न पछि नपर्ने निर्णय गरेको भनी समाचार प्रकाशन गरेको पाइयो ।

मुलुकको शान्ति सुव्यवस्था र सुरक्षामा महत्वपूर्ण भूमिका निभाउने नेपाल प्रहरीजस्तो संवेदनशील सुरक्षा निकायका विषयमा सम्प्रेषित यस्तो बनावटी र प्रायोजित समाचारबाट आम जनतामा भय र त्रास सिर्जना हुनुका साथै प्रहरीको आन्तरिक चेन अफ कमाण्ड र अनुशासनमा गम्भीर असर पारेको पाइयो । त्यस्तो सामाचार सामग्रीबाट पत्रकार आचारसंहिता २०७३ को दफा ५(१), (३) र (१२) उल्लंघन भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको हुँदा यस्ता समाचार सामग्री सम्प्रेषण नगर्नु÷नगराउनु हुन र उपरोक्त सम्बन्धमा ४८ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन निर्देशानुसार जानकारी गराइन्छ । ”

press-council

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण...

गोल

विश्वकप २०१८ :स्विडेनद्वारा दक्षिण कोरिया पराजित

विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन...

डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको...

पदयात्री

पदयात्री

बागलुङको पर्यटकीय लेक घुम्टे चढ्ने क्रममा थकाई मार्दै पदयात्री...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK