ललितपुरलाई सांस्कृतिक, हस्तकला र पर्यटकीय जिल्ला घोषणा गर्न माग

ENGLISH

SUN_1204

ललितपुरलाई सांस्कृतिक, हस्तकला र पर्यटकीय जिल्ला घोषणा गर्न माग

9 January, 2018 | Kabi Adhikari | 2565 Views | comments

ललितपुर उद्योग वाणिज्य संघले ललितपुर जिल्लालाई सांस्कृतिक, हस्तकला र पर्यटकीय जिल्लाको रुपमा घोषणा गर्न माग गरेका छन् ।

SUN_1204
संघले आयोजना गरेको हालै निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुसँग बधाई तथा स्वागत कार्यक्रममा अध्यक्ष कृष्णलाल महर्जनले उक्त माग गर्नुभएको हो । उहाँले स्थानीय तह, प्रदेश र संघ तीन तह मिलेर मौलिक कला, संस्कृति, सम्पदा र पर्यटकीय गन्तव्यस्थल भएकोले ख्याल गरेर सो घोषणा गर्न माग गरेका हुन् ।

स्थानीय सरकार सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ को धारा ९ मा प्रदेश वा स्थानीय तहले कुनै नगरपालिका, गाउँपालिकाले सो घोषणा गर्ने प्रावधान रहेको छ । संघले सो ऐनमा टकेर ललितपुरको कला कौशल, सम्पदा बचाउन र पर्यटकीय क्षेत्रको विकास गर्न सो माग राख्नुभएको अध्यक्ष महर्जनको भनाई रहेको छ । यस कार्यमा निजी क्षेत्रको सहभागिता पनि सुनिश्चित गरिनुपर्दछ । ’ अध्यक्ष महर्जनले भन्नुभयो । मुलुकको निर्यात व्यापारमा हस्तकलाका वस्तुहरुको विशिष्ट योगदान रहेको चर्चा गर्दै उहाँले यहाँको आर्थिक विकासका सम्भावनालाई मूर्त रुप दिनुपर्नेमा पनि जोड दिनुभयो ।

सो अवसरमा यस एजेण्डालाई प्राथमिकता दिन माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कला, संस्कृति, सम्पदाले भरिएको ललितपुर जिल्लाले आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकोले हस्तकला, सांस्कृतिक र पर्यटकीय जिल्ला घोषणा गर्न प्रदेश र स्थानीय तह मिलेर जाने विश्वास व्यक्त गर्नुभयो ।

७५ जिल्ला मध्ये ललितपुरको विशिष्ट अवस्थाको चर्चा गर्दै महासंघका अध्यक्ष राणाले संघ, प्रदेश र स्थानीय तहले गर्ने कामबाट जनताले संघीयताको महत्व बोध गर्ने भएकोले नयाँ नेपालको निर्माणमा तीन तहको महत्वपूर्ण भूमिका रहेको धारणा राख्नुभयो । महासंघका अध्यक्ष राणाले संविधान कार्यान्वयनको यस घडी आर्थिक समृद्धिको लागि अनुकूल अवस्था रहेको बताउँदै यही समयमा मुलुकलाई आर्थिक समृद्धि र विकासको कार्यमा दो¥हयाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो ‘यस कार्यमा निजी क्षेत्र सदैव सरकारको साथ रहने छ । ’

सो अवसरमा नेकपा माओवादीका नेतृ एवं ललितपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पम्फा भुसालले ललितपुरको मौलिक, कला संस्कृतिलाई संरक्षण नै समृद्धिको मुख्य आधार रहेको धारणा राख्नुभयो । सदस्य भुसालले समग्र काठमाडौंलाई नै सांस्कृतिक राजधानी बनाउनुपर्ने विषय आफ्नो घोषणा पत्रमा मुख्य रुपमा उठाएको चर्चा गर्दैै यसलाई मूर्त रुप दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । राजनीतिक क्रान्तिको लागि धेरै लडिसकेको बताउँदै उहाँले अब आर्थिक परिर्वतनका लागि सबै एकजुट भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

सो अवसरमा ललितपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य कृष्णलाल महर्जनले हस्तकला, मूर्त र अमूर्त संस्कृति नै समृद्धिको आधार रहेको बताउनुभयो ।

समारोहमा संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले जनता अहिले सम्म संघीयताको तीन वटा तह संघ, प्रदेश र स्थानीय तहको बारे नबुझेको चर्चा गर्दै अहिलेका जनप्रतिनिधिहरुले गर्ने कामबाट त्यसलाई अवबोध गर्ने धारणा राख्दै घोषणापत्रमा लेखिए बमोजिम इमान्दारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो । वरिष्ठ उपाध्यक्ष जोशीले सांस्कृतिक पर्यटकीय जिल्ला घोषणा गर्ने काममा संघको सदैव सहयोगी भूमिका हुने पनि बताउनुभयो । संघका महासचिव मनोज बहादुर न्याछ्योंद्धारा संचालित उक्त कार्यक्रममा महासंघका अध्यक्ष राणाले पुष्पगुच्छा र संघका निर्वतमान अध्यक्ष सविन श्रेष्ठले खादा लगाई निर्वाचित प्रतिनिधिहरुलाई कार्यकालको सफलताको कामना गर्दै बधाई ज्ञापन गर्नुभयो ।

एनआरएन अनररी काउन्सिलमा नबस्ने विश्व पण्डितको घोषणा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जुनकिरी

गीतकार न्यौपानेको ” जुनकिरी ” बजारमा आउदै

लामो समय देखि लेखन विधामा निरन्तर रुपमा कलम चलाई...

नेपालगञ्ज विमानस्थल

नेपालगञ्ज विमानस्थलमा यात्रुको चाप : टिकट नपाउँदा यात्रु अलपत्र

दशैँ आउन अब दुई मात्र बाँकी रहँदा नेपालगञ्ज विमानस्थलमा...

दशैं गीत

यो दशैं गीतले लाखौं परदेशीलाई रूवायो (भिडियो सहित)

सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यको ‘परदेशीलाई दशैं तिहार’ बोलको...

दशैं

आज महानवमी पर्व : दुर्गा भवानीको पूजाआजा गरी मनाइँदै

आज देशभर नेपालीहरुको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK