लम्साललाई सम्मान, पौडेल, सुवेदी र राउतलाई पुरस्कार

ENGLISH

ENTERTAINMENT

लम्साललाई सम्मान, पौडेल, सुवेदी र राउतलाई पुरस्कार

22 May, 2017 | Bhawana Pathak | 655 Views | comments

चलचित्र पत्रकार दिवसको अवसरमा नेपाल चलचित्र पत्रकार संघले चार चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । आफ्नो १८ औं बार्षिक उत्सवको अवसरमा संघले डा. नवराज लम्साललाई चलचित्र पत्रकार सम्मान २०७४ प्रदान गर्यो भने पारस पौडेल र विजय सुवेदी (आवाज) लाई पत्रकारीता पुरस्कार २०७४ प्रदान गर्यो ।

त्यस्तै, महिला पत्रकार स्वेच्छा राउतलाई पत्रकार संघले एक थान ल्यापटपसहित प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । पत्रकार तथा साहित्यकार डा.नवराज लम्साल भने विशेष कामले नेपालभन्दा बाहिर भएका कारण उनको सम्मान श्रीमतीले ग्रहण गरिन् ।

नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्ट र हास्यकलाकार हरिवंश आचार्यले संयूक्त रुपमा सम्मानित तथा पुरस्कृत चार जना चलचित्र पत्रकारलाई सम्मान पत्र हस्तान्तरण गरे । पुरस्कृत पारस पौडेल र विजय आवाजलाई २१ हजार रुपैयाँ समेत प्रदान गरिएको थियो । आफ्नो स्थापना दिवस ७ जेठलाई संघले चलचित्र पत्रकारिता दिवसका रूपमा मनाउँदै आएको छ । संघले सम्मान र पुरस्कारसहित विभिन्न कार्यक्रम गरेर चलचित्र पत्रकारिता दिवस मनाएको हो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले संघको एसोसिएन शाखा मध्यसक्रिय मानिएको चलचित्र पत्रकार संघले पत्रकारितको विकासका लागि पुरस्कार सम्मानसहित विभिन्न कार्यक्रम गर्दै आएकोमा खुशी व्यक्ति गरे । त्यस्तै, हास्यकलाकार हरिवंश आचार्यले चलचित्र पत्रकारिताको विकास र विस्तारमा चलचित्र पत्रकारले पु¥याएको योगदानको चर्चा गरे ।

कार्यक्रममा चलचित्र संघका अध्यक्ष प्रदीप उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका अध्यक्ष रामकेशर वोगटी लगायत विभिन्न चलचित्र सम्बन्धि संघ-संस्थाहरुबाट आएका व्यक्तिहरुले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दीप सापकोटाले नेपाली चलचित्रको विकासमा चलचित्र पत्रकारको योगदानको चर्चा गर्दै संघ सधै पत्रकारहरुको हकहितका लागि तत्पर भएर लाग्ने बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK