लम्जुङ सेवा समाज कतारको १२ औ अधिबेसन सम्पन्न

ENGLISH

NRN GLOBAL

लम्जुङ सेवा समाज कतारको १२ औ अधिबेसन सम्पन्न

दीलिप पराजुली,दोहा

3 July, 2017 | Sandeep Bhattarai | 655 Views | comments

लम्जुङ सेवा समाज कतार

 लम्जुङ सेवा समाज कतारको १२ औ अधिबेसन ३० जुन शुक्रबारका दिन भब्यताका साथ सम्पन्न भएको छ ।

लमजुङ जिल्लामा जन्मिएका पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख अतिथ्यता तथा नेपाली दूतावास कतारका उपप्रमुख मणि रत्न शर्माको विशेष उपस्थिति सम्पन्न भएको अधिबेसनमा कतारका थुप्रै नेपाली संघ सस्था र ब्यक्तीहरुको बाक्लो उपस्थिती थियो । अन्य विशेष कार्यक्रममा कतार पुग्नु भएका पूर्व मन्त्रि गुरुङलाई प्रमुख अतिथिको रुपमा लिदै अधिबेसन संचालन गर्न पाउनु कतारबासी लम्जुंगेको लागि राम्रो सौभाग्य हो ।

दोहा नजिकैको बिन उम्रान एरियाको गार्डन भिलेज रेस्टुरेन्टको सभाहलमा संचालित सो कार्यक्रमको स्वरुप र प्रस्तुति कतारमाहुने गरेका अन्य कार्यक्रम भन्दा फरक खालको थियो । चक्लेट र अधिबेसन अंकित उपहार सहित गरिएको अतिथि सत्कार साथै हलको सजावट र कार्यक्रमको ढाचामा केही पृथकता देखिएको थियो । सस्थाका प्रथम उपाध्यक्ष खुसिराम गुरुङको स्वागत मन्तब्य सहित पृष्ठभुमिमा पन्चे बाजाको धुनसंगै पानसमा बत्ती बालेर उद्घाटन गरिएको सो कार्यक्रममा कतार र नेपालको राष्ट्रिय झन्डा बोकेर नेपाली राष्ट्रिय गान गाइएको थियो ।

परिवारको सुख र आफ्ना अनेकौं सपना पूरा गर्न प्रबासमा परिश्रम गर्ने कयौ नेपालीहरु आफ्ना ति सपनाहरु थाती राख्दै अचानक कफनमा बेरिएर फर्कनु पर्ने बिबशतालाई सांकेतिक रुपमा देखाउन सेतो कपडाले बेरिएको कफन स्टेजमा राखिएको थियो । त्यही कफनको बिम्बलाई मस्तिष्क भरी घुमाउदै तिनै प्रबासमा रोजगारीको क्रममा ज्यान गुमाएका मृतक श्रमिकहरुको आत्माको चिर शान्तीको कामना सहित एक मिनेट मौन धारण गरिदा कार्यकममा उपस्थित सबै जना भाबबिभोर मुद्रामा स्तब्ध थिए ।

“तपाइले पिउने लुमाले तपाईं कि झुमाको जिन्दगी पनि बर्बाद हुन सक्छ” “स्कुल कलेज पढ्ने तपाईंका छोरा छोरी कतै गलत बाटोमा त लागेका छैनन , “ तपाइले बिबाह गराइदि नलाग्नु भएको तपाइँका छोरा छोरी उमेरले परि पक्का त छन ?“बाबा, तपाईं सधैका लागि कहिले घर फर्किने भनी दिनहु सोधी रहने ती तपाईंका कलिला बालबालिकाका लागि तपाईंको उत्तर के छ ?कतै तपाइँआफ्नै चेली बेटीलाइ अनाबस्यक लगातार फोनमा जिस्काउदै असजिलोमा त पारिरहनु भएको त छैन ?आदि लेखिएका सन्देस मुलककागजी लाल्टिनहरुले भरिएको सभा हलका प्रत्येक कुना कुनामा सन्देस र सूचनामुलक पोस्टरहरु टासिएका थिए ।

लम्जुङका प्रसिद्ध मुख्यमुख्य स्थानहरुको तस्वीरहरु प्रोजेक्टरको माध्यामबाट एकातिर भित्तामा चलीरहेको थियो भने सबैका हातहातमा लम्जुङको चिनारी सहितको पर्चा देखिन्थ्यो । थुप्रै पर्यटकिय स्थलहरु भएको लम्जुङको पर्यटनको प्रबर्द्धनका लागि “ लम्जुङ घुम्न जाऔ – आन्तरिक पर्यटन बढाऔ “ भन्ने आव्हान र लम्जुङका केही दृश्यहरु अन्कित फोटो फ्रेम कार्यक्रमको थप आकर्षण थियो । प्रमुख अतिथिले आफ्नो फोटो खिचेर फोटो सेसन सुरु गर्नु भएको उक्त फोटो फ्रेममा विशेष अतिथि तथा अन्य उपस्थित महानुभाबहरुले पनि आआफ्ना मोबाइलमा आ-आफ्ना फोटो खिचेका थिए भने सो खिचिएको फोटोलाई आफ्नो आफ्नो फेसबुकको वालमा पोस्ट गरी लम्जुङलाई सबै माझ मार्फत परिचित गराइदिन आयोजकको तर्फबाट अनुरोध गरिएको थियो ।

आपत्कालिन अबस्थामा सस्था भित्रका सदस्य एवं संस्था बाहिरका पीडत र समस्यामा परेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई सहयोग गर्न “ आकस्मिक कोष“ स्थापना गर्ने उद्देश्यले संस्थाका सदस्यहरु बिच नियमीत रुपमा स्वैच्छिक बचत गर्नका लागि “ सुर्के थैली अभियान “सुरु गरिएको थियो । लोप हुँदै गइ रहेको परम्परागत शैलीको कपडाको सुर्के थैलीको मुखखोलेर थैलीमा स्वैच्छिक सहयोग रकम राखी दिएर कार्यक्रमका प्रमुख अतिथी गुरुङ र राजदुतावासका दितीय सचिब गायत्री पौडेलले अभियानको सुरुवात गरेका थिए । त्यस पछि तत्कालै सो अभियानका लागि उपस्थित अतिथीहरु बिच बाँडिएको करिब ५० थान थैलीमा ६७९ कतारी रियाल सन्कलन भएको थियो ।

साथै संस्थाले यो कार्यकाल भरिमा गरेको कार्यहरुलाई आकर्षक शैलीमा प्रोजेक्टरको माध्यमबाट दृश्य सहितको प्रगती प्रतिबेदन प्रस्तुत गरिएको थियो । प्राबिधिक कारणले निर्धारित समय भन्दा केही ढिला कार्यक्रम सुरु भएको कार्यक्रममा प्रस्तुत थुप्रै सांगीतिक कोसेलीहरुले त्यहाको बाताबरणलाई निकै रमाइलो बनाएको थियो । लम्जुङ सेवा समाजका कलाकार सम्योजक राजलोप्चान र महिला बिभाग सम्योजक कमला गुरुङ तथा सदस्य लेख विलासको सहभागितामा प्रस्तुत सांगीतिक कार्यक्रममा लम्जुङको पहिचान हुने खालका लाइभ दोहोरी गीत , नाच तथा लम्जुङकै प्रसिद्ध ठाडो भाकाका तुक्काहरु पनि गाइएको थियो ।

कार्यक्रमको प्रसंशा सहित अधिबेसनको सफलताको शुभ कामना दिनेहरुमा सामाजिक अभियान्ताहरु क्रान्तिसिह , बिमल सुवेदी , सागर नेपाल, तेज कटुवाल , बिनोद भट्टराई , हंस राज ढकाल , टिबि कार्की आदिले शुभकामना दिएका थिए । त्यस्तै कतारका लागि नेपाली राजददूतावास उपप्रमुखशर्माले नेपालीकामदारको कमजोरी तथादूतावासले गर्ने सेवा र सहयोगका बारे बताएका थिए, भने कार्यक्रमको प्रमुख आकर्षण प्रमुख अतिथि गुरुङले लम्जुङमा पर्यटनको प्रशस्त सम्भावना भएको र यसलाई प्रबर्द्धन गर्ने सके स्वदेश मै थुप्रै रोजगारिको अबसर सृजनागर्न सकिने बताए । लसेस कतारको तर्फ बाट उहाँलाई सस्थाको तर्फबाट दोसल्ला र सम्मान पत्र द्वारा सम्मानित पनि गरिएको थियो ।

लम्जुङ सेवा समाज कतार

अन्त्यमा संस्थाका अध्यक्ष बिष्णु लाल श्रेष्ठ ले उपस्थित सबैलाई धन्यवाद दिदै औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेका थिए भने उक्त कार्यक्रमको संचालन संस्थाका महासचिव सीताराम थापाले गरेका थिए । करिब ६ घन्टा सम्म लगातार गरेका चलेको उक्त कार्यक्रमको बन्द सत्रपछि पुनः बिष्णु लाल श्रेष्ठकै अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिती चयन गरिएको छ जस्मा प्रथम उपाध्यक्षमा खुसिराम गुरुङ, द्वितीय उपाध्यक्षमा नबराजन खोला महासचिवमा सिताराम थापा, कोषाध्यक्षमा बिनोद बसौला, सह कोषाध्यक्षमा शिव रसाइली , सचिवमा युवराज गुरुङ , क्षेत्रीय सदस्यमा क्रमश रामचन्द्र अधिकारी र बुद्धि सागर सुवर्णकार छन । त्यस्तै अन्य सदस्यहरुमा सन्जय रेग्मी, कर्म गुरुङ, रबि गुरुङ, दिपक अधिकारी, रबिन्द्र घिमिरे, उपेन्द्र सोती, प्रेम अधिकारी, लेख विलास बिशुराल, कुमारी गुरुङ र राज लोप्चन रहेका छन् । नवनिर्वाचित समितिलाई निर्वाचन आयोग संयोजक सुदर्शन भट्टले शपथ ग्रहण सहित पदीय प्रमाण पत्र हस्तान्तरण गराइदै कार्यक्रम समापन गरेका थिए ।

एनआरएनए कतारको शुभकामना कार्यक्रममा आयोजक संस्थाहरु जोडिने क्रम जारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK