लन्डन आइपुगे बेलायतका लागि नयाँ राजदूत

ENGLISH

NRN GLOBAL

लन्डन आइपुगे बेलायतका लागि नयाँ राजदूत

29 September, 2016 | Sandeep Bhattarai | 1120 Views | comments

– नवीन पोखरेल, लन्डन – बेलायतका लागि नवनियुक्त राजदूत दुर्गाबहादुर सुवेदी बुधबार राती लन्डन उत्रिएका छन् ।

नवनियुक्त राजदूत दुर्गाबहादुर सुवेदी

करिब अढाइ वर्षपछि लन्डनस्थित नेपाली दूतावासले सुवेदीलाई २० औं राजदूतका रुपमा पाएको हो । राजदूत दम्पत्तिलाई विमानस्थलमा बेलायती विदेश मन्त्रालयका विशेष प्रतिनिधि निकोलस ज्यारोल्ड, कार्यवहाक राजदूत शरदराज आरन, थर्ड सेक्रेटरी भूपेन्द्रप्रसाद घिमिरे, अट्याची तेजेन्द्र रेग्मी लगायतले स्वागत गरेका थिए ।

सुवेदीले बेलायती विदेश मन्त्रालय (एफसीओ)मा कागजात बुझाएपछि औपचारिक रुपमा तत्काल मिसन सम्हाल्नेछन् । महारानीलाई ओहोदा बुझाउने कार्यक्रम भने एफसीओले पछि तय गर्नेछ ।

बेलायत नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्षगाँठ

मनाइरहँदा लन्डन मिसन लामो समय राजदूतविहीन रह्यो । सुरेशचन्द्र चालिसे चार वर्षे कार्यकाल सकिएर फर्किएपछि तेजबहादुर क्षेत्री र शरदराज आरनले कार्यवहाक राजदूतका रुपमा मिसन सम्हाले ।

नयाँ राजदूतको आगमनसँगै बेलायतस्थित नेपाली डायस्पोरा पुलकित छ । झन्डै तीन दशक परराष्ट्र सेवामा बिताएका सुवेदीले यसअघि नेपाली राजदूतावास बर्मामा द्वितीय सचिव, न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगमा प्रथम सचिव तथा नेपाली राजदूतावास जापानमा डेपुटी चिफ अफ मिसन एवं बहराइनमा कार्यवहाक राजदूतको भूमिका निर्वाह गरिसकेका छन् ।

बेलायतस्थित लिड्स युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्धमा एमए र त्रिभुवन विश्वविद्यालयबाट नेपालको परराष्ट्र र कुटनीति विषयमा विद्यावारिधी गरेका उनी साहित्यमा दुबसुका नामले चिनिन्छन् । उनले ‘अश्वमेध यज्ञका घोडाहरु’ कवितासंग्रह, ‘कोलाज मन’ गजलसंग्रह,
‘तिमीले छोडेका यादहरु’, ‘मुटु चोर्ने आँखाहरु’, र ‘चुपचाप चुपचाप’ गीतिसंग्रह लेखेका छन् ।

यसबाहेक सुवेदीले ‘समसामयिक नेपाली गजल’, ‘समकालीन नेपाली कविता’, ‘प्रतिनिधि नेपाली गजल’, ‘समकालीन नेपाली कविताको रुपयात्रा’, ‘म्यान्माली नेपाली कविता’ र ‘मानवअधिकारका लागि नेपाली कविता’ लगायत एक दर्जन बढि साहित्य ग्रन्थको सम्पादन पनि गरेका छन् ।

कान्तिपुरबाट

नेप्लिज फेडरल सोसाइटीका अधिवेशनको लागि यादव बेलायत प्रस्थान

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK