लन्डनवासीले मनाए पृथ्वीजयन्ती

ENGLISH

NRN GLOBAL

लन्डनवासीले मनाए पृथ्वीजयन्ती

12 January, 2017 | Sandeep Bhattarai | 965 Views | comments

लन्डनवासीले मनाए पृथ्वीजयन्ती

लन्डनवासी नेपालीले २९५ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् । संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले बुधबार लन्डनमा गरेको एक कार्यक्रमका वक्ताहरुले पृथ्वीनारायण शाहको योगदान स्मरण गरे ।

उनीहरुले तत्कालीन समयमा शाहले विभिन्न भूभाग एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेको सम्झँदै उनको राष्ट्रिय एकताको सन्देश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको धारणा राखे ।

तर, वक्ताहरुले क्रिसमस र भारतीय राष्ट्रपति नेपाल आउँदा बिदा दिने सरकारले राष्ट्रिय निर्माताको जन्म जयन्तीमा भने सार्वजनिक बिदा नदिएकामा आक्रोश पोखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ)ले पृथ्वीनारायण शाहको सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक दुरदर्शीताको चर्चा गर्दै उनको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको टिप्पणी गरे । धितालले देशमा राजनीतिक संक्रमण बढिरहेको उल्लेख गर्दै देश बचाउन विदेशमा बस्ने नेपालीहरु गम्भीर बन्नुपर्ने बेला आएको बताए ।

बीबीसी नेपाली सेवाका पूर्वप्रमुख खगेन्द्र नेपालीले शाहप्रति जे जस्तो अपव्याख्या गरिए पनि उनको राजनीतिक चेत, दुरदर्शीता र एकताभाव वर्तमान राजनीतिमा खाँचो रहेको धारणा राखे ।

लेखक तथा गोर्खाली बुद्धिजीवी विकलचन्द्र आचार्यले गोरखा जिल्लाको प्राचीनकालदेखिको इतिहास केलाउँदै पृथ्वीनारायण शाहको एकीकरण अभियानको विस्तृत जानकारी दिएका थिए । आचार्यले गोरखा जस्तो सानो पहाडी जिल्लाका राजाले नेपाल एकीकरणको आँट गर्दाको चुनौती, कुशल नेतृत्व र यसमा योगदान गर्ने सबै पक्षको चर्चा पनि गरेका थिए ।

संगठनका अध्यक्ष भरत रोका क्षेत्रीको सभापतित्वमा उक्त कार्यक्रम सुरु हुनुअघि मदन थापा र बसन्त रायक्षेत्रीले मंगलधुन बजाएका थिए भने सहभागीहरुले शाहको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धा सुमन अर्पण गरे ।

कार्यक्रममा एनआरएनए युरोप संयोजक कुल आचार्य, पूर्व डिएसपीहरु शिवजी श्रेष्ठ र वाचस्पति रेग्मी, समाजसेवी ध्रुव केसी, कृष्ण भट्ट, चिरञ्जीवी ढकाल, कृष्णजंग शाह, बसन्त शाह, भीम बानियाँ, प्राध्यापक रमेशचन्द्र अधिकारी लगायतले पृथ्वीनारायण शाहको योगदानबारे चर्चा गरे ।

कार्यक्रममा नृपेश उप्रेती, हेमन्त पौडेल, चेतमान केसी, हरिसिंह थापा, कृष्ण भट्ट लगायतले पृथ्वीजयन्तीमा समर्पित कविता वाचन गरेका थिए ।

गणतन्त्र स्थापनापछि नेपाल सरकारले मनाउन छाडे पनि संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले सन् २०१० देखि बेलायतमा यो जयन्ती मनाउँदै आएको छ । कार्यक्रम संयोजक तथा पृथ्वी जयन्तीका अभियन्ता नारायण अधिकारीले सुरुका दिनमा आलोचना सहेरै भए पनि दिवसलाई निरन्तरता दिइएको बताए ।

कार्यक्रममा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

कान्तिपुरबाट

एनआरएन अमेरिकामा पृथ्वी जयन्ती मनाउने मनाउने निर्णयले विवाद

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK