लन्डनमा नेपाली व्यवसाय बढेकोमा बेलायती सांसद शर्मा खुसी

ENGLISH

NRN GLOBAL

लन्डनमा नेपाली व्यवसाय बढेकोमा बेलायती सांसद शर्मा खुसी

30 July, 2017 | Bipin Acharya | 565 Views | comments

लेबर पार्टीका तर्फबाट चौंथो पटक निर्वाचित बेलायती सांसद वीरेन्द्र शर्माले यहाँ नेपालीको व्यवसाय बढेकामा खुशी व्यक्त गरेका छन् ।

लन्डन साउथ हयारोमा नेपाली युवाले सुरु गरेको ‘माया पब’उद्घाटनका क्रममा शर्माले कुनै पनि क्षेत्रमा समर्पण, लगाव र इमान्दारी भए गन्तव्यमा पुग्न सकिने बताए । ‘म बेलायत आउँदा सुरुमा कन्डक्टरको काम गरेको भएपनि राजनीतिमा प्रवेश गरेर यहाँसम्म आइपुगें’, शर्माले भने, ‘जुन क्षेत्रमा लागे पनि मुख्य कुरा समर्पण र इमान्दारी हो, तपाईं युवाहरुको समर्पण र जोशले नयाँ व्यवसायले सफलता चुम्ने मलाई विश्वास छ ।’

ब्रेन्ट काउन्सिलका मेयर भगवानजी चौहानले पनि व्यवसायिक सफलताको शुभकामना दिए ।

हस्पिटालिटी क्षेत्रमा लामो अनुभव बटुलेका सिद्धार्थ विक्रम क्षेत्री, रविन गुरुङ, शिवन पुन र रञ्जन राजवंशीले साझेदारीमा पब सञ्चालन गरेका हुन् ।

कन्टिनेन्टल र नेपाली खाना समेत उपलव्ध हुने उक्त पबमा दुई सय जना अट्ने क्षमता छ ।

कार्यक्रममा लोकप्रिय गायक योगेश्वर अमात्य, सोलिसिटर राजु थापा, नेपलिज वुमन एसोसिएसन यूकेकी अध्यक्ष आरती श्रेष्ठ, व्यवसायीहरु रविजंग लामिछाने, बीपी खनाल लगायतले शुभकामना दिएका थिए ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

गणेश पाण्डे

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK