लन्डनमा कवि पराजुली र पत्रकार पोखरेललाई साहित्य पुरस्कार

ENGLISH

NRN GLOBAL

लन्डनमा कवि पराजुली र पत्रकार पोखरेललाई साहित्य पुरस्कार

5 March, 2016 | Sandeep Bhattarai | 500 Views | comments

बेलायतको जेष्ठ साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेले नेपालका वरिष्ठ कवि गोपाल पराजुली र कान्तिपुरका बेलायतस्थित संवाददाता एवं नेपाल पत्रकार महासंघ, बेलायतका संस्थापक अध्यक्ष नवीन पोखरेललाई साहित्यिक पुरस्कार प्रदान गर्ने भएको छ ।

sahitya

परिषदले विगत चार दशक भन्दा बढि समयदेखि अनवरत नेपाली साहित्यमा लागेर दर्जनौं कृति प्रकाशन गरेका कवि पराजुलीलाई स्वर्ण पदक र विगत डेढ दशकदेखि मुलधारको पत्रकारितामा सक्रिय पोखरेललाई ’नेपाली साहित्य सिल्भर मेडल’ प्रदान गर्ने निर्णय गरेको हो।

प्रवासमा उर्वर हुंदै गएको नेपाली साहित्यलाई मुल प्रवाहमा समेट्ने कार्यको शुभारम्भ गरे वापत पराजुलीलाई स्वर्ण पदक र बेलायतमा रहेर करिव एक दशकदेखि पत्रकारिताको माध्यमबाट नेपाली भाषा साहित्यको प्रचार प्रसार एवं सम्वद्र्धन गरेवापत सिल्भर मेडल प्रदान गर्ने निर्णय भएको परिषदद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपाली साहित्यको श्रीवृद्धिका लागि परिषदले स्थापनाकाल सन् १९९५ देखि नै स्वर्ण पदक प्रदान गर्दै आएको छ । स्वर्ण पदकको सट्टा नगद लिन चाहेमा एक लाख रुपैयां दिइने परिषदले जनाएको छ । सिल्भर पदक कवि कोमल प्रसाद श्रेष्ठ मल्ल र श्रीमती कोहिनुर श्रेष्ठ मल्लले सन् २०११ मा आफ्ना बाबु आमाको स्मृतिमा स्थापना गरेका हुन्।

पांच तोला चांदीबाट बनेको उक्त पदक सट्टा नगद लिन चाहे बीस हजार रुपैयां परिषदले भुक्तान गर्ने जनाइएको छ। नेपाली नयां वर्षमा लन्डनमा एक समारोहबीच पदकहरु प्रदान गरिनेछ। एबीआइ कलेज, एक्टन लन्डनमा परिषदका संस्थापक तथा अध्यक्ष सुरेशजंग शाहको अध्यक्षतामा हालै बसेको वार्षिक बैठकमा पुरस्कार तथा सम्मान समितिका संयोजक वरिष्ठ सहअध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लले उक्त पुरस्कार छनोटका लागि परिषदमा सिफारिस भएर आएका नामहरू निर्णयार्थ पेश गरेपछि बैठकले सर्वसम्मत पारित गरेको थियो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याग्दीको तराई

म्याग्दीको तराई

म्याग्दीको तराईको रुपमा परिचित बेनी नगरपालिका १ रत्नेचौर ।...

युएईमा सिन्धुपाल्चोकका एक युवकको मृत्यु

वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई )पुगेका सिन्धुपाल्चोकका...

नेत्रहीन क्रिकेट खेलाडी युएईमा सम्मानित

एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट खेलाडी दुबईमा...

भरतबहादुर रायमाझी

स्पेनका लागि पहिलो नेपाली राजदूत रायमाझी म्याड्रिड आउँदै

नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK