लन्डनमा एभरेष्ट म्युजिकल ब्लाष्ट, गायिका मिलनद्वारा गीत रेकर्ड

ENGLISH

NRN GLOBAL

लन्डनमा एभरेष्ट म्युजिकल ब्लाष्ट, गायिका मिलनद्वारा गीत रेकर्ड

9 February, 2018 | Kabi Adhikari | 1315 Views | comments

ई मिडिया हब युकेको आयोजनामा युकेका बिभिन्न शहरहरुमा आयोजन हुँदै गरेको “एभरेष्ट म्युजिकल ब्लाष्ट २” कार्यक्रमका लागी २ हप्ता अगाडी युके पुगेकी गायिका अमात्यले ३ वटा कार्यक्रमहरुमा प्रस्तुती दिइसकेकी छिन् भने एउटा गीतमा आवाज समेत रेकर्ड गर्न भ्याएकी छिन् ।

singer-milan-lomdon

युकेको भ्रमणमा पनि व्यस्त गायिकाले समय मिलाएर भ्याए सम्म आफ्नो दैनिकी पनि पूरा गरिरहेको जानकारी बताएकी छिन् ।

आउँदो फेब्रुअरी १० तारिख केन्टको आश्फोर्डमा आयोजना हुने चौँथो साँगीतिक कार्यक्रमको तयारीका क्रममा गायक तथा संगीतकार बिसी राईसँग १० तारिख प्रस्तुत गर्ने तयारी रहेको गीतको रेकर्डिङ सम्पन्न गर्दै युकेमा पहिलो गीत रेकर्ड गर्दै अर्को रेकर्ड थपिएको खुशी गायिका मिलन अमात्यले फेसबुकमार्फत् सार्वजनिक गरेकी छिन् ।

जीवनसँग जीवनसँग सम्बधित गीत, ‘कहाँको जन्म हाम्रो, कहाँको मरण‘’ बोलको गीतको रेकर्डिङ गरेका हुन् ।

गायक बिसी राईसँग मिलन अमात्यले रेकर्ड गरेको गीत १० फेब्रुअरी साँझ विशेष रुपमा प्रस्तुत गर्ने तयारी भएको छ ।

केहि समय पछी म्युजिक भिडियो पनि णिर्माण गर्ने तयारी भएको “कहाँको जन्म हाम्रो, कहाँको मरण, का अलावा गायिकाले अन्य गीतहरु पनि रेकर्ड गर्ने तयारीमा छिन् ।

युके साँगितिक कार्यक्रमकै बेला जन्मदिन परेकाले गायिकाले ईमिडिया हब परिवारसँगै जन्म दिन पनि मनाएकी थिइन् ।

अन्य स्थानहरुमा हुने ‘एभरेष्ट म्युजिकल ब्लाष्ट २’ कार्यक्रममा गायिका मिलनसहित ममता गुरुङ ‘एभरेष्ट आईडल’ युके बिजेताहरु सोनाहाङ राई, निमान प्रताप लामा, दिप प्रकाश राई, सुमी राई लगायतले आसफोर्डमा बिषेश प्रस्तुतिका लागी गायक, संगितकार बि.सि राई, गायक धन गुरुङ उलविच लण्डनमा गंगा थापा ‘नाम्लो ब्याण्ड’ प्रमोद राज न्यौपाने, दिपक थापालगायतको प्रस्तुती रहने जनाईएको छ ।

युरोप स्तरीय नेपाली नृत्य तथा गायन प्रतियोगिता लन्डनमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK