लण्डनमा साहित्यकार रमेश अधिकारी सम्मानित

ENGLISH

NRN GLOBAL

लण्डनमा साहित्यकार रमेश अधिकारी सम्मानित

12 June, 2016 | Bipin Acharya | 635 Views | comments

लण्डन स्थित नमस्ते रेस्टुरेन्टमा बेलायतका एक दर्जन भन्दा बढी साहित्यकारहरुको भेलाले नेपालबाट केहि दिनका लागि लण्डन भ्रमणमा आएका सर्जक रमेश अधिकारीलाई एउटा कविता गोष्ठिमाझ सम्मान गरेको छ।

16061117xz

सर्जक अधिकारी बेलायतमा आफ्ना कृतिहरु क्रमशः पाटे बाघ र मेरो देशको विमोचन सगरमाथा शिखरमा भएको रेकर्डलाई गिनिज बुक अफ वाल्र्ड रेकर्डमा दर्ता गर्न आएका हुन् । विश्वमा नै पहिलो पटक सगरमाथा शिखरमा विमोचन भएको नेपाली कृति रहेको उनको दावी रहेकोछ तथा ग्रिनिज बुक दर्ता गर्ने अधिकारीहरुले प्रमाणित दस्तावेज पेश गरीसकेपछि दर्ताका लागि स्वीकार गरिएको उनको भनाई थियो।

रमेश अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रमका संयोजक सुमल कुमार गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । सोही अवसरमा सर्जक कृष्ण बहादुर थापाक्षेत्रीका मुक्तक तथा कविता सङ्ग्राह भावनाका तरंगहरु उपस्थित सर्जकहरुले सामुहिक रुपमा लोकार्पण गरेका थिए । यसकृतिको समिक्षाबारे कार्यक्रमका प्रमुख अतिथि रमेश अधिकारीले प्रकाश पारेका थिए । कार्यक्रमलाई सर्जकहरुले कृष्णबहादुर थापाक्षेत्रीका नवविमोचित पुस्तकका कविताहरु पलैपालो वाचन गरेर आ­आफ्नो सिर्जनाहरु वाचन गरेका थिए।

वाचनको क्रममा आ-आफ्नो परिचय दिँदै कविताहरु वाचन गर्दा सन्ध्याको शान्त वातावरण कवितामय बनेको थियो । यस कार्यक्रमलाई भिडियो तथा फोटोग्राफीका लागि गुणदेव घिमिरेले सहयोग गरेका थिए। कार्यक्रममा वरिष्ठ सर्जकहरुको समेत उपस्थिति रहेको थियो।

कविता वाचन गर्नेहरुमा तरंगा चौतारीसंग आवद्ध साहित्यकार द्वय वासु शर्मा, विनोद न्यौपाने, वातावरणविद् तथा साहित्यकार विजय हितान, पत्रकार तथा सर्जक फणिन्द्र भट्टराई, सर्जकहरु क्रमशः कृष्ण थापाक्षेत्री, चन्दा बोहोरा बस्नेत, राजेन्द्र खस, गंगा खतिवडा, गुणदेव घिमिरे, सन्तोष कार्की, प्रमुख अतिथि रमेश अधिकारी तथा अन्तमा कार्यक्रम संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय उपाध्यक्ष सुमल कुमार गुरुङले वाचन गरेका थिए। कार्यक्रमको अन्तमा कृष्णबहादुर थापाक्षेत्रीले धन्यवाद ज्ञापन गरेर कार्यक्रम समापन गरिएको थियो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK