लण्डनमा राप्ती समाज युकेको छैठौं वार्षिक साधारणसभा सम्पन्न

ENGLISH

NRN GLOBAL

लण्डनमा राप्ती समाज युकेको छैठौं वार्षिक साधारणसभा सम्पन्न

25 May, 2017 | Bipin Acharya | 610 Views | comments

बेलायतमा बसोबास गर्ने नेपालीहरूको संस्था राप्ती समाज युकेको छैठौं वार्षिक साधारणसभा लण्डनमा सम्पन्न भएको छ ।

संस्थाको वार्षिक कार्यप्रगति विवरण प्रस्तुत गर्दै समाजका सचिव दिनेश खडकाले गत वर्ष समाजले दाङ–देउखुरी राजपुर गाविस फोहराका अग्निपीडितहरूका लागि डेढलाख रुपियाँ, दाङको रिहारस्थित बगारबाबा माविलाई पैंतीसहजार रुपियाँ र रोल्पा लिबाङस्थित बिहानी प्रस्तावित माविलाई एकलाख सहयोग गरिएको बताए ।

त्यसैगरी प्यूठान तथा रोल्पा जिल्लाका आगलागी पीडितहरूका लागि समाजले तीनलाख रुपियाँ सहयोग गरेको थियो । प्यूठान जिल्लाकै एक विद्यालयलाई रु एकलाख सहयोग गर्न लागिएको पनि उनले जानकारी दिए ।

यसबाहेक गत वर्ष लण्डनमा निधन भएकी स्व विष्णुकुमारी बुढाथोकीको अन्त्येष्ठीका लागि समाजका सदस्यहरूले तीन हजार पौण्डभन्दा बढी सहयोग गरेका थिए ।

दुई वर्षअघिको भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक गहतेस्थित सेतीदेवी निमावीको भवन निर्माणार्थ झण्डै तीन लाखरुपियाँ उपलब्ध गराइएको पनि सचिव खडकाले जानकारी दिए ।

समाजले बेलायतको भ्रमणमा आएकी सभामुख ओनसरी घर्तीमगर तथा कलाकारहरु ज्योति मगर, कुमार राना र जुना श्रीस रोकालाई छुट्टाछुट्टै कार्यक्रम गरी स्वागत गरेको थियो ।

समाजका अध्यक्ष हिक्मतसिंह रोकाले बेलायतमा बसोबास गर्ने राप्तीवासीहरूको साझा परिवारको रुपमा समाजलाई आफूले हेरेको बताए । उनले बेलायतमा आएर पनि राप्ती अन्चलको सांस्कृतिक तथा सामाजिक पहिचान प्रबर्द्धन गर्न प्रयास गर्नुकासाथै राप्ती अन्चलमा शिक्षा तथा आपत्कालीन मानवीय सहायता पुगाउन समाजले सक्दो सहयोग गरिरहेको जानकारी दिए ।

उनले समाजका गतिविधिमा सघाउने सबै सदस्य तथा पदाधिकारीहरूलाई धन्यवाद पनि दिएका छन् ।

समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार गंगाबहादुर मल्लद्वारा प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावहरू व्यापक छलफलपछि पारित गरिएको थियो ।

प्रस्तावमा कार्यसमितिको कार्यकाल दुई वर्षबाट बढाइ तीन वर्ष बनाउने र एकजना उपाध्यक्षको ठाउँमा दुईजना उपाध्यक्ष (एकजना महिला) अनिवार्य गर्ने निर्णय छन् ।

समाजका सल्लाहकार भगीरथ योगीले बेलायतमा बसोबास गरिरहेका राप्तीवासीहरूले आफू जन्मेको गाउँठाउँमा सक्दो सहयोग गर्ने काम सह्राहनीय भएको बताए । उनले खासगरी बेलायतमा जन्मेका र पढीरहेका नानीहरुलाई नेपाली भाषा, संस्कृति र पहिचानबारे जानकारी दिन समाजले ध्यान दिनुपर्नेमा जोड दिए ।

साधारणसभाले समाजका कोषाध्यक्ष झपिन्द्र थापाद्वारा प्रस्तुत वार्षिक आयव्यय विवरण पारित गरेको थियो । कार्यक्रमको शुरुमा समाजका उपाध्यक्ष केशरबहादुर रोकाले सबै सदस्यहरूलाई स्वागत गरे ।

समाजको वार्षिक गृष्मकालिन भेटघाट आउँदो जुलाई २९ तारिख शनिबार फार्नबरोमा आयोजना गर्न लागिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK