लण्डनमा चलचित्र निर्माता कँडेल सम्मानित

ENGLISH

NRN GLOBAL

लण्डनमा चलचित्र निर्माता कँडेल सम्मानित

14 July, 2017 | Bipin Acharya | 780 Views | comments

प्रवासमा रहेर पनि नेपाली चलचित्रको निर्माण, संरक्षण र सम्र्बद्धनमा अहोरात्र सक्रिय चलचित्र निर्माता तेजेन्द्र कँडेल हालै बेलयतमा आयोजित ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड–२०१७’ बाट सम्मानित हुनुभएको छ ।

विगत लामो समयदेखि युरोपको मुटु मानिने बेल्जियमलाई कर्मथलो बनाउनुभएका कँडेल करिब एक दशक देखि नेपालको चलचित्र क्षेत्रमा सक्रिय रुपमा क्रियाशील हुनुहुन्छ ।

जुलाई १ मा लण्डनमा आयोजित कार्यक्रममा कँडेलका साथै अन्य दर्जनबढी चलचित्र क्षेत्रमा सक्रिय प्रवासी कलाकार, चलचित्र निर्मातालगायत चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीलगायत सम्मानित हुनुभएको थियो । एक चलचित्रकर्मीका अलावा सम्मानित कँडेल बेल्जियममा मात्र नभै सिँगो युरोपभर एक सहृदयी नेपालीको रुपमा समेत परिचित हुनुहुन्छ ।

कसैलाई अप्ठेरो परेको खण्डमा मन, बचन र कर्मदेखि नै सहयोग गर्न पछि नहट्ने कँडेलले गरेको सहयोगकै कारण आज कयन् नेपालीहरुले युरोपमा आफूलाई स्थापित गर्न सफल भै सकेका छन् ।

‘सम्पत्ति र प्रतिष्ठा फरक विषय हुन् । तर आफू नेपाली भएको र नेपालीलाई सहयोग गर्न पाउँदा आफूलाई निक्कै आनन्द अनुभूति हुँदो रहेछ’ कँडेल बताउनुहुन्छ । नेपालको बाग्लुङ्ग जिल्ला स्थायी घर भएका कँडेल युरोपमा रहेका नेपालीहरुमाझ समाजसेवी तथा सहृदयी नेपालीको रुपमा परिचित हुनुहुन्छ । अफ्ठेरो परेर सहयोगको याचना गर्ने युरोपको जुनसुकै कुनामा रहेका नेपालीहरुलाई पनि कँडेलले दिल खोलेर सहयोग गर्दै आउनुभएको छ ।

लण्डनको ‘थर्ड आइ टिम र बक्स अफिस इन्टरनेशनल ग्रुप’को संयुक्त आयोजनामा गरिएको सो अवार्ड वितरण कार्यक्रममा कँडेलका अलावा नेपाली चलचित्र क्षेत्रमा अविरल रुपमा सक्रिय भएका निर्माता, वितरक, हल व्यवसायी, संगीतकर्मी, नायक, नायिका, प्राविधिक र अन्य फिल्मकर्मीहरुलाई पुरस्कार स्वरुप मेडल र सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा चलचित्रकर्मीहरु कलाकारहरु करिष्मा मानन्धर, आर्यन सिग्देल, अनुप विक्रम शाही, केकी अधिकारी, अशिष्मा नकर्मी, वर्षा सिवाकोटी, सुरबीना कार्की, नम्रता योगी, सलोन बस्नेत, गायक आनन्द कार्की, संगीतकार शिखर सन्तोष, प्रदीप उदय, पुस्कर लामा, रामकेशर बोगटी, ज्ञानेन्द्र देउजा, सुन्दरलाल श्रेष्ठ, कुशल थापालगायत बेलायतको सो कार्यक्रममा सहभागी थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK